• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ३ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ६ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ९ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ९ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक

  •  आइतबार, माघ १३, २०८१ मा प्रकाशित

काठमाडौँ । आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदैछ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ ।

नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको छ ।

नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेकोे विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा राजेश पाण्डवले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ ।

उहाँले लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै स्थानीय तहले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको प्रतिवेदन पेस गरेको बताउनुभयो । उहाँले नेपालमा राष्ट्रियस्तरमा कुष्ठरोगका बिरामीको सङ्ख्यामा उल्लेखनीय कमी आएको बताउनुभयो ।

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिराहा, रौतहट, कपिलवस्तु, बाँकेलगायत १८ जिल्ला अझै पनि उच्च जोखिममा रहेका छन् । उहाँले नेपालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ७२ जना मात्र कुष्ठरोगका नयाँ बिरामी फेला परेका बताउनुभयो । उहाँ कुष्ठरोगका बिरामीलाई लाञ्छना होइन माया गर्नुपर्ने बताउनुहुन्छ ।

उहाँका अनुसार कुष्ठरोगबारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढावा दिने, उपचार खोज्नमा ढिलाइ र रोगको सङ्क्रमणलाई अझ बढाउने गर्दछ । निरन्तर लाञ्छना र विभेदले सङ्क्रमित व्यक्तिलाई प्रभाव पार्ने मात्र नभई निदान तथा उपचारका प्रयासमा अवरोध सिर्जना गर्ने गर्दछ । लाञ्छना र विभेदलाई समाधान गर्ने, जनचेतना बढाउने, आमजनतालाई शिक्षा दिने र समावेशी नीति कार्यान्वयन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्तिविरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २०औँ ग्लोबल अपिल २०२५ लाई अङ्गीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । सरकारले कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।

लक्षण

कुष्ठरोगका लक्षण शरीरमा छुँदा थाहा नपाउने, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता हुन् ।

यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेकामा उक्त विज्ञप्तिमा भनिएको छ । रासस

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.