काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गर्नुभएको छ ।
बैठकको शून्य समयमा उहाँले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गर्नुभयो ।
सांसद प्रतिमा गौतमले ‘हेनोफोलिया’ एक प्रकारको आनुवांशिक रोग भएको र यो रोग लागेपछि शरीरबाट रगत नरोकिएर गम्भीर समस्या भइरहेको भन्दै त्यससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । रासस
