• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ६ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ६ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • ७ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ८ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १० घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १३ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

विचारः लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप

  •  शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित

काठमाडौँ । बिन्द्रावती बनिया एक्कासी अचेत भएपछि भीम अस्पताल लगियो । रुपन्देही तिलोत्तमा– १४ बस्ने ३५ वर्षीया बनिया अचेत भएपछि परिवारले अकस्मात् अस्पताल लगेका हुन् । गर्भवती बनिया बेहोस किन भएकी हुन् भन्ने पत्ता लगाउन पनि चिकित्सकलाई धौधौ भयो । अचेत घटनाले चिकित्सकलाई पनि अचम्मित तुल्यायो । सोधपुछपछि पत्ता लाग्यो कि बनियाले गर्भवतीपछि गरिनुपर्ने नियमित स्वास्थ्य परीक्षण एकपटक पनि गरेकी थिइनन् । आमा र बच्चा दुवैलाई जोगाउनुपर्ने बाध्यता थियो तर चिकित्सकको अथक प्रयासले बच्चा निकालेर सघन उपचार कक्षमा राखियो, दुर्भाग्य बच्चा बचाउन सकिएन ।

रोल्पा नगरपालिका–१० धबाङकी ३० वर्षीया माया थापालाई प्रसूति ब्यथा लाग्यो । तर बच्चा नजन्मेपछि रोल्पा अस्पताल लगियो । परीक्षणपछि चिकित्सकले गर्भवतीमा उच्च रक्तचाप देखिएको र जुम्ल्याहा शिशु भएकाले शल्यक्रिया गर्न दाङ वा बुटवल जान सुझाव दिए । घरपरिवारले धेरै खर्च लाग्ने भन्दै प्रसूति गराउन अन्त लगेनन् । दुई दिनपछि घरमै जुम्ल्याहा शिशु जन्मियो । तर, सुत्केरीपछि रक्तश्राव रोकिएन । बेहोस भएकी उनको मृत्यु भयो । बनिया र थापा हाम्रो समाजका उदाहरण पात्र मात्रै हुन् । गर्भवती हुँदा नियमित जाँच नगराउँदा झेल्नु परिरहेका यी र यस्तै थुप्रै घटनाहरु हाम्रासामु पुनरावृत्ति भइरहेका छन् । गर्भवती र प्रसवका बेला स्वास्थ्य संस्थामा पुग्नुपर्छ भन्ने चेतनाको अझै पनि अभाव छ ।

गर्भवती भएको दिनदेखि प्रसूतिको ४२ दिनभित्र कुनै महिलाको मृत्यु हुन्छ भने त्यसलाई मातृमृत्यु मानिन्छ । मातृमृत्यु दर महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युको दर भन्ने बुझिन्छ । गर्भावस्थालाई सामान्य रूपमा लिएर नियमित रूपमा औषधि सेवनदेखि परीक्षण नगर्ने परिपाटीका कारण महिलाको मृत्यु हुने गरेको पाइएको छ । यस्तो मृत्यु नियन्त्रण गर्न नेपाल सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी तथा राष्ट्रिय गैरसरकारी संस्थाले प्रयास पनि गरिरहेका छन् । प्रयासस्वरूप दुई दशकयता मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा प्रगति हासिल भए पनि अपेक्षित छैन । पछिल्लो तथ्याङ्कले पनि मातृमृत्युदर उच्च नै रहेको देखाएको छ । धनीको तुलनामा गरिबीमा रहेका र कलिला आमाको मृत्युदर अझै उच्च छ ।

कस्तो छ मातृमृत्यु दरको अवस्था ?

मातृ मृत्युदरको समग्र अवस्था चिन्ताजनक छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले पनि हरेक दिन आठ सय जना महिलाको ज्यान गर्भावस्थासँग सम्बन्धित कारणले हुने गर्दछ । यसमध्ये सबैजना लगभग ९९ प्रतिशत महिला हाम्रो जस्तो विकासोन्मुख देशका हुन्छन् । नेपालमा स्वास्थ्य संस्थामै पुगेका आमाहरूकै मृत्यु ५७ प्रतिशत, सुत्केरी अवस्थामा ६१ प्रतिशत र गर्भावस्थामा ३३ प्रतिशतको मृत्यु हुने गरेको छ । यसले हाम्रो स्वास्थ्य प्रणाली, सम्बद्ध जनशक्ति र सेवा प्रवाहलाई चुनौती दिइरहेको देखाउँछ ।

लुम्बिनी प्रदेशमा मातृमृत्युदर कति छ ? त्यसको छुट्टै यकीन तथ्याङ्क छैन । २०७८ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतको संयुक्त प्रयासमा मातृमृत्युको तथ्यगत अध्ययन गरिएको थियो । सो अध्ययनअनुसार लुम्बिनीमा सबैभन्दा धेरै मातृमृत्यु दर देखिएको छ । लुम्बिनी प्रदेशमा प्रतिलाख जीवित जन्ममा दुई सय सात आमाले ज्यान गुमाइरहेका छन् । जबकि दिगो विकास लक्ष्यअनुसार सन् २०२२ सम्म मातृमृत्युको दर एक सय १६ मा झारिसक्नुपर्ने थियो । सन् २०३० भित्र यो दर ७० भन्दा तल झारिसक्नुपर्नेछ । नेपालकै समग्र मातृमृत्युको दर भने प्रतिलाख जीवित जन्ममा एक सय ५१ छ । सबैभन्दा कम बागमती प्रदेशमा प्रतिलाखमा ९८ मातृमृत्युदर छ भने सुदूरपश्चिममा एक सय सय ३०, कर्णालीमा एक सय ७२, गण्डकीमा एक सय ६१, मधेसमा एक सय ४०, कोशीमा एक सय ५७ छ । लुम्बिनी प्रदेशमा पाँच वर्षमा आमा बन्दा तीन सय २४ जना मृत्युको मुखमा पुगे । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार, आव २०७४/७५ मा प्रदेशका ५३ महिलाले आमा बन्दा ज्यान गुमाए । यो सङ्ख्या बढेर आव २०७५/७६ मा ५४ पुग्यो । आव २०७६/७७ मा ७१, आव २०७७/७८ मा ७२ र आव २०७८/७९ मा ७४ आमाको मृत्यु भएको छ ।

अध्ययनको तथ्यअनुसार नेपालमै सबैभन्दा बढी मातृमृत्यु बाँकेमा भएको छ । त्यस अवधिमा देशभर एक सय ५८ जना सुत्केरी आमाको मृत्यु भएकामा बाँके जिल्लामा मात्रै ३६ जनाको मृत्यु भएको पाइएको थियो । यसमध्ये गर्भावस्थामै १५ जना र सुत्केरी भइसकेपछि १९ जनाको मृत्यु भएको पाइएको थियो । बाँकेमा पछिल्ला तीन आर्थिक वर्षमा ६० जना आमाको ज्यान गएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/७९ मा २२ जना आमाको ज्यान गएकोमा २०७९/८० मा २० र २०८०/८१ मा १८ जनाको ज्यान गएको थियो । सङ्घीय अस्पताल, आधारभूत अस्पतालसहित सरकारी र निजी गरी सयौँको सङ्ख्यामा स्वास्थ्य संस्थाहरू रहेको बाँकेमै मातृमृत्युको यो अवस्था चिन्ताजनक हो । अझ स्वास्थ्य संस्था बढी भएको नेपालगञ्ज उपमहानगरपालिकामै मातृमृत्यु अरु स्थानीय तहको भन्दा बढी छ ।

किन न्यूनीकरण भएन मातृमृत्यु दर ?

मातृमृत्यु दर कम गर्ने अनेकन प्रयास गरिए पनि किन घटेन मातृमृत्युदर ? यसको पनि लेखाजोखा गरिनुपर्छ । मातृमृत्युका कारण धेरै छन् । मातृमृत्यु दरका कारक तत्वमा नियमित स्वास्थ्य (गर्भ) परीक्षण नगरिनु, स्वास्थ्य संस्था र सेवामा पहुँच नहुनु, अस्पताल नै पुग्न नसक्नु, उच्च रक्तचाप, उच्च रक्तश्राव, गर्भावस्थासम्बन्धी सङ्क्रमण, शल्यक्रियाका बेला एनेस्थेसिया व्यवस्थापनमा समस्या आदि मानिएको छ । यस्तै कम उमेरमा विवाह र बच्चा हुनु, छिटोछिटो गर्भवती हुनु, विपन्नता, खानपिनको सचेतना नहुनु यस्ता कारण पनि मातृमृत्युका कारण छन् । मृत्युको प्रमुख कारण बच्चा जन्मेपछि अत्यधिकमात्रामा रगत बग्ने रहेको छ । प्रसुति हुनुपूर्व वा प्रसूतिपछि अत्यधिक रक्तश्रावले सबैभन्दा बढी २३ प्रतिशत सुत्केरीको मृत्यु हुने गरेको पाइएको छ । सुत्केरी भएपछिको सङ्क्रमण, गर्भावस्थामा उक्त रक्तचाप र असुरक्षित प्रसूति तथा गर्भपतनले गर्दा यसो हुनेगर्छ । स्वास्थ्य संस्थामा दरबन्दीअनुसार प्रसूति विज्ञ, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी नहुनु, भौतिक पूर्वाधार र आवश्यक उपकरण नहुनुले पनि आमाहरू मृत्युको मुखमा धकेलिएका छन् । यस्तै सङ्घीय सरकारले गर्भ परीक्षणलाई बढाउन चार पटक गर्भजाँच गर्नेलाई सात सय र स्वास्थ्य संस्थामा प्रसूति हुन जानेलाई यातायात खर्चबापत रकम पनि दिने गरेको छ ।

लुम्बिनीमा विशेषज्ञ सेवासहितका अस्पताल छन् तर पनि मातृमृत्यु दर न्यूनीकरण हुन सकेको छैन, जबकि प्रदेशमा तीन वटा सङ्घीय, दुई वटा प्रादेशिक, १३ वटा जिल्लास्तरका, १९ वटा साधारण असपताल गरी एक हजार नौ सय ४० वटा स्वास्थ्य चौकी छन् ।

नेपालको संविधानले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक दिएको छ । सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन २०७५ लागू गरिएको छ । यसले महिला गर्भवती हुने वा नहुने रोज्न पाउनेदेखि राज्यबाट सुरक्षित मातृत्व सेवा पाउनुपर्ने अधिकारलाई समेट्छ । भरपर्दो सेवा दिनुपर्ने राज्यको कर्तव्य पनि हो ।

के भएका छन् सुधारको प्रयास ?

लुम्बिनी प्रदेश सरकारले पछिल्लो चरण स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर सुधारको प्रयास नगरेको होइन । तथापि, मातृमुत्यु दर न्यूनीकरणमा अनेकन चुनौतीहरु कायमै छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा मातृमृत्यु दरलाई कम गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । प्रदेश सरकारद्वारा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय तहसँगको समन्वय र सहकार्यलाई पनि जोड दिइएको छ । आवश्यकताको आधारमा चिकित्सक र उपकरण उपलब्ध गराउनेलगायत दुर्गमका अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा प्रदान गर्ने प्रयास गरिएको छ ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधारसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । समुदायस्तरबाट कुपोषित बालबालिका खोजेर उपचारसम्म ल्याउने लगायतका कार्य गरिरहेको छ । मातृमृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालीन अवस्थाका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवाजस्ता कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले चाहेर मात्रै मातृमृत्यु दर कम हुन्छ भन्ने सुनिश्चित छैन । त्यसका लागि सरकारसँग उत्कृष्ट कार्य योजना, इच्छाशक्ति, तदारुकता र कार्यान्वयन गर्ने टिम चाहिन्छ । मातृमृत्यु कम गर्न सर्ब प्रथमतः स्थानीय सरकार, स्वास्थ्य सम्बद्ध निकाय, कार्यालय र नागरिकबीचको साझा बुझाई र हातेमालो हुन पनि आवश्यक छ । हरेक नागरिक आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन पनि जरुरी छ । साथै, स्वस्थ आहारविहार र विचारमा पनि ध्यान दिन अनिवार्य छ, अनि मात्रै स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण हुन सक्छ । रासस

शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.