• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • २ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ४ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २१ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २१ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २२ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २३ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

‘कुष्ठरोग उल्मूलन चुनौतीपूर्ण देखिएको छ’

  •  बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

काठमाडौँ । नेपालमा हालसम्म करिब दुई लाखकोे सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ ।

कुष्ठरोग उल्मूलनसम्बन्धी विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र कुष्ठरोग उल्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त लक्ष्य पूरा गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रयासरत छ । विगत दश वर्षयत प्रत्येक वर्ष औषतमा दुई हजार ८६७ जनाका दरले नयाँ बिरामी फेला परेका मन्त्रालयले जनाएको छ ।

नेपालमा १८ जिल्लामा मापदण्डभन्दा बढी अर्थात् प्रतिदश हजारमा एकजना कुष्ठरोगी फेला परिरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवले डा विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा भेटिएका छन् । मुलुकका ७७ जिल्लामध्ये १८ जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेकाले यसको उल्मूलन चुनौतीपूर्ण देखिएको उहाँले बताउनुभयो ।

नेपालमा कुष्ठरोगका कारणले झण्डै दुई लाख जना व्यक्ति प्रभावित भएका जनाउँदै डा देवकोटाले त्यसमध्ये करिब ३० हजार अपाङ्गता भएका व्यक्ति रहेका अनुमान गरिएको बताउनुभयो ।

नेपालमा कुष्ठरोग प्रभावित व्यक्ति र तिनका परिवारका सदस्यको आर्थिक स्थिति चिन्ताजनक रहेको मन्त्रालयका अधिकारहरू बताउछन् । प्रभावित व्यक्तिमध्ये कम सङ्ख्यामा मात्र रोजगारी प्राप्त गरेका छन् भने रोजगारीका लागि आवश्यक पर्ने सीप र अनुभव नभएका व्क्ति बढी रहेका मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्य सङ्घ, सङ्संस्थासँगको सहकार्यमा मन्त्रालयको स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मातहत रहेको कुष्ठरोग नियन्त्रण तथा व्यवस्थापन शाखाबाट कुष्ठरोगको उल्मूलन गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्घीय सरकारबाट जारी भएको राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८ २०८२) कार्यान्वयनमा छ । सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कुष्ठरोगका कारण बिरामी परेका व्यक्तिलाई निःशुल्क औषधि उपलब्ध गराएको छ ।

नेपाल विश्व स्वास्थ्य सङ्गठनको २३ वटा प्राथामिकता प्राप्त मुलुकमध्येमा परेको छ भने विगत दश वर्षमा प्रत्येक वर्ष करिब दुई हजार ८६७ नयाँ बिरामी दर्ता हुने गरेका सचिव डा देवकोटाले जानकारी दिनुभयो । “सन् २०२३ मा मात्र दुई हजार ५२२ नयाँ बिरामी दर्ता भएका थिए । जसमा एक हजार ४९ जना अर्थात् ४२ प्रतिशत महिलाको सङ्ख्या थियो”, उहाँले भन्नुभयो ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुष्ठरोग उन्मूलनका लागि नयाँ रणनीति निर्माण गरिने बताउनुभएको छ । आज यहाँ आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’मा उहाँले सन् २०३० सम्म यो रोग उन्मूलनका लागि प्राथमिकता निर्धारण गर्दै आवश्यक रणनीति अख्तियारको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री पौडेलले यस सम्मेलनले अब बन्ने रणनीतिमा स्पष्टता ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । धेरै सङ्घसंस्थाको सहकार्यका बाबजुत उन्मूलन अभियानले तीव्रता लिन नसकेको स्वीकार गर्दै उहाँले त्यसका लागि कानुनी र सामाजिक दुवै पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने गरी निर्धारण गर्न सकेका छैनौँ । आवश्यक रणनीति अख्तियार गर्न सकिएको छैन । परिस्थिति बुझेर त्यसअनुरुपको योजना निर्माण भएको छैन”, मन्त्री पौडेलले भन्नुभयो, “यस सम्मेलनले सन् २०३० सम्म यो रोग नेपालबाट सधैँका लागि उन्मूलन गर्ने सङ्कल्प गर्न जरुरी छ । यहि सङ्कल्पका साथ अघि बढौँ ।”

उहाँले कुष्ठरोग उन्मूलनका लागि आवश्यक कानुन निर्माणसँगै समाजमा जनचेतना अभिवृद्धिको पाटो महत्त्वपूर्ण भएको बताउनुभयो । प्र्रभावित समाजमा खुल्न नसक्दा उन्मूलनमा चुनौती देखिएकाबारे चर्चा गर्दै उहाँले स्थानीय तहसँग समन्वय र सहकार्य आवश्यक पर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले मधेस प्रदेशमा प्रभावितको सङ्ख्या बढी देखिनुको कारण खोज्नुपर्ने र सोहीअनुरुप रणनीति बनाउने बताउनुभयो । साथै दातृ निकायलाई प्राथमिकताका साथ बिरामीप्रति विश्वास दिलाउन सुझाव दिनुभयो ।

“पहिल्यै उन्मूलन भइसकेको भन्ने कुरा पनि आइरहेको छ । फेरि यो समस्या किन देखियो भन्ने विषयसँग जोडेर त्यसअनुसारको रणनीति तय गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसको कानुनी पक्षबाट बाध्यात्मक स्थिति निर्माण गर्न सकिएन भने हामीले सामाजिक पक्षबाट जुन सहयोग खोजेका छौँ त्यो प्राप्त हुँदैन ।”

मन्त्रालयका सचिवले डा देवकोटाले यो रोग उन्मूलनका लागि उच्चस्तरको राजनीतिक प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो । उहाँले प्रभावित व्यक्तिको समावेशीकरण वृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्पूर्ण सहआयोजकको तर्फबाट आइएलइपी सदस्य शोभाखर कँडेलले प्रभावितमाथिको विभेद् अन्त्य गर्न विद्यालयको पाठ्यक्रममा यसबारे शिक्षा दिनुपर्ने बताउनुभयो ।

नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वउपसभामुख पुष्पा भुसालले कुष्ठरोगसँग जोडिएको मानव अधिकार, सामाजिक जागरण र वर्तमान कानुनको संशोधनको आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा सहआयोजकका तर्फबाट भुसालले प्रभावितमाथिको विभेद् अन्त्य गर्न राष्ट्रिय बहसको मुद्दा बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुष्ठरोगबाट नयाँ प्रभावित भेटिनु स्वास्थ्य क्षेत्र र समाजवादमा समस्या छ भन्ने सङ्केत गर्ने बताउनुभयो । उहाँले प्रभावितहरूको सम्पत्ति, शिक्षा र समान अवसरमा पहुँच हुन नसकेको धारणा राख्नुभयो ।

प्रतिनिधिसभाअन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रभावितलाई उपचारको व्यवस्थासँगै सम्मानपूर्वक बाच्न पाउने अवस्था सृजना गर्न सबैमा आह्वान गर्नुभयो ।

के हो कुष्ठरोग ?

कुष्ठरोग छालामा फुस्रो दाग देखिने र छालाको वरिपरिको भागलाई नष्ट गर्ने प्रकारको सङ्क्रमण हो । उक्त रोगका कारण व्यक्ति शारीरिक रूपमा अपाङ्ग हुनसक्ने सम्भावना हुन्छ । यो रोग सहज रूपमा निको हुने र सबैभन्दा कम सर्ने भएपनि रोग लागेर निको भएका व्यक्ति अपमानको सिकार हुन बाध्य भएका छन् ।

शारीरिक रूपमा देखापर्ने असरका कारण कुष्ठरोगबाट पीडित अधिकांश व्यक्ति मानसिक रोगबाट गुज्रन परिरहेको मन्त्रालयका सचिव देवकोटाले बताउनुभयो । मानसिक रूपमा हुने डर, त्रास र भयका कारण व्यक्तिलाई समाजमा अस्वीकार नगर्ने, र नकारात्मक दृष्टिले हेर्ने संस्कारको अन्त्य हुनुपर्ने चिकित्सकहरू बताउँछन् । कुष्ठरोग एउटा शारिरिक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा पनि असर पार्ने सङ्क्रमणका रूपमा रहेको छ । रासस

बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.