• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १८ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २४ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २४ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २४ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

चिकित्सा शिक्षाको स्नातक तहको भर्ना प्रक्रिया सुरु नगर्दा विद्यार्थी अन्योलमा

  •  सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न विषयको भर्ना प्रक्रिया सुरु नगर्दा विद्यार्थी अन्योलमा परेका छन् ।आयोगले हालसम्मपनि म्याचिङ प्रणालीको आवेदन नखुलाएको, शैक्षिक शुल्क र कलेजको सिट संख्या नतोक्दा विद्यार्थी अन्योलमा परेको बताउँछन् ।
आयोगले गएको चैत १८, २० र २१ गते चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी चैत २३ र २६ गते नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएको तेस्रो साता बित्दा पनि आयोगले म्याचिङ प्रणालीका लागि आवेदन खुलाएको छैन । यस्तै शैक्षिक शुल्क र कलेजको लागि सिट संख्या समेत तोकेको छैन ।

यतिबेलासम्म विद्यार्थीको सम्बन्धित मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु भइसक्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भइरहेको आयोगले जनाएको छ । सिट निर्धारण सिफारिस समितिले गएको चैत १ गते नै आयोगलाई सिफारिस गरेको जनाएको छ । समितिको सिफारिस आयोगको कार्यकारी समितिले पारित गरेपछि लागू हुन्छ । सीटीइभीटीको कार्यक्रम र विश्वविद्यालयका कार्यक्रमहरु सञ्चालन गर्ने कलेजहरु नछुट्टिएको कारण सिट संख्या तोक्न समस्या भइरहेको आयोगको भनाई छ ।

आयोगले गत चैत ९ गते विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई पत्र पठाउँदै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो ।
तर कलेजहरुले अझैसम्म सूचना नदिएका कारण सिट संख्या तोक्न समस्या भईरहेको आयोगका सदस्य सचिव डा भोजराज काफ्ले बताउँछन् । उनले भने ‘सीटीइभीटीको कार्यक्रम र विश्वविद्यालयका कार्यक्रमहरु डुप्लिकेसन भएका छन् । त्यो स्पष्ट नहुँदा सिट संख्या तोक्न समस्या भइरहेको छ ।’

चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक शुल्क अझै तोकिएको छैन । सामान्यतया परीक्षाको नतिजा आउन अघि तोकिने शुल्क विद्यार्थी भर्ना गर्ने बेला भइसक्दा पनि आयोगले शुल्क तोक्न सकेको छैन । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले शुल्क निर्धारण गर्नुपर्ने तर प्रधानमन्त्रीको व्यस्तताले बैठक बस्न नसकेको आयोगका सदस्य सचिव डा भोजराज काफ्लेको भनाई छ ।

अहिले स्थानीय तहको निर्वाचनको लागि प्रधानमन्त्री व्यस्त भएकोले चुनावपछि मात्रै हुनसक्ने काफ्लेले बताए । आयोगले चिकित्सा शिक्षामा स्नातकका विभिन्न विषयमा साढे आठ हजार सिटका लागि सञ्चालन गरेको परीक्षाका लागि करिब साढे ३५ हजार विद्यार्थीले आवेदन दिएका थिए ।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.