• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १९ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह : समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

  •  मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

काठमाडौँ । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ ।

रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखा पर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरि विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ ।

प्रतिष्ठानले अस्पताल हाताभित्र यससम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसर सहितको जानकारी डेस्क राख्नुका साथै आमसञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालको पनि प्रयोग गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु कुँवर केसीले जानकारी दिनुभयो । प्रतिष्ठानमा साताभरि आँखामा क्यान्सर भएका बालबालिकाको निःशुल्क जाँच तथा उपचारको व्यवस्था गरिएको र वैशाख २६ गते त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि एवं जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवासीय चिकित्सकलाई आँखा विशेषज्ञद्वारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा पूर्णिमा राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा एउटा जटिल रोग भए तापनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामा नै उपचार गरेको खण्डमा बालबालिकालाई पूर्णरुपमा क्यान्सरमुक्त बनाउन सकिन्छ । साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।

उहाँका अनुसार रेटिनोब्लास्टोमाको प्रमुख लक्षण आँखाको कालोनानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । साथै रङ्गिन फोटोमा आँखाको नानीमा सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका लक्षण हुन् ।

समयमा उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुनसक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ ।

डा राजकर्णिकारले भन्नुभयो, “कतिपयले यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाइ गर्छन् । यिनै कारणले गर्दा यो रोग लागेका बालबालिका अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेका हुन्छन् ।”

नेपाल लगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ, विकसित देशमा भने पाँच प्रतिशत भन्दा कम पाइएको छ । यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखामा देखापरेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना हुन्छ ।

यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्दति हुन । प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुँदै आइरहेको छ । विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट डा राजकर्णिकारद्वारा अझ विस्तृत रुपमा यसको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ‘ओपन आइज नेपाल’को सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ । रासस

मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.