• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज २९, २०८३
बिहिबार, असोज २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • ८ घण्टा 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • ८ घण्टा 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • ९ घण्टा 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • ९ घण्टा 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ दिन 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ दिन 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ दिन 

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल
  • १ दिन 

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • २. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ३. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ४. ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • ५. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ६. एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

  • ७. आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह

  • ८. रानीघाटमा ४ महिलासहित ५२ जनाले गरे रक्तदान

  • ९. विश्व दृष्टि दिवसः दाङका पत्रकारको निशुल्क आँखा परीक्षण

  • १०. स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट

विश्व दृष्टि दिवसः दाङका पत्रकारको निशुल्क आँखा परीक्षण

  •  शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित

दाङ ।  यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घले पत्रकारको निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौरको आयोजना र नेपाल पत्रकार महासङ्घ दाङ शाखाको समन्वयमा पत्रकारहरूको निःशुल्क आँखा चेकजाँच गरिएको हो । नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, राष्ट्रिय समाचार समिति (रासस) दाङकी प्रमुख नारायणी रजौरेसहित जिल्लामा क्रियाशील २५ जना पत्रकारको आँखा परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा आँखामा आवश्यक देखिएका पत्रकारलाई निःशुल्क चस्मा तथा औषधिसमेत वितरण गरिएको छ ।

सहप्राध्यापक डा रञ्जितकुमार शाहले पत्रकारिता पेसामा लामो समयसम्म कम्प्युटर, मोबाइल तथा अन्य डिजिटल उपकरणको प्रयोग गर्नुपर्ने भएकाले आँखाको स्वास्थ्यमा विशेष ध्यान दिन पत्रकारहरूलाई सल्लाह दिनुभयो । उहाँले नियमित आँखा परीक्षण गर्ने बानीको विकाससँगै समयमै आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा सहयोग पुग्ने बताउनुभयो । यसअघि आजै विश्व दृष्टि दिवसका अवसरमा ‘आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा सम्पन्न भएको छ ।

आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, आँखाका समस्या तथा रोगको समयमै पहिचान र उपचारका लागि सर्वसाधारणलाई सचेत बनाउने तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । आँखाको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा दृष्टिविहीनता न्यूनीकरणका लागि सञ्चारकर्मीले जनचेतना अभिवृद्धिसँगै राज्यका सम्बन्धित निकायलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

कार्यक्रममा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार सबैभन्दा बढी दृष्टिविहीनको सङ्ख्या लुम्बिनी प्रदेशमा रहेको छ । कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घ दाङका अध्यक्ष कृष्णकुमार गिरीले आँखासम्बन्धी धेरै समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टिविहीनता न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवेदी, राससकी रजौरे, पत्रकार सुशील बस्नेतलगायतले आँखा स्वास्थ्यसम्बन्धी सचेतना र सेवाको अवस्थालाई समाचार, रेडियो कार्यक्रम, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालमार्फत समुदायसम्म पुर्‍याउन सके सर्वसाधारणमा समयमै उपचार गर्ने बानीको विकास गर्न सकिने धारणा राख्नुभएको थियो ।

सञ्चारकर्मीहरूले आँखा जाँच तथा उपचारका लागि उपलब्ध सेवाबारे सूचना प्रवाह गर्ने, सेवाबाट वञ्चित समुदायका समस्या उजागर गर्ने, निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार सेवाको प्रचार गर्ने र सम्बन्धित निकायलाई सेवाको पहुँच विस्तारका लागि जवाफदेही बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।रासस

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया

लोकप्रिय

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

ताजा

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.