• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, कार्तिक १४, २०८३
शुक्रबार, कार्तिक १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • २ घण्टा 

लागुऔषधसहित ३१ जना पक्राउ
  • २ घण्टा 

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • २२ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • २३ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • २४ घण्टा 

दाङमा रगत अभाव
  • १ दिन 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १ दिन 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १ दिन 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ८. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ९. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

  •  शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित

इलाम । माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गर्नुभएको छ । उहाँले स्थानीय टोड्केमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनापछि स्वास्थ्य सेवा लिन दिनभर हिँडेर चिसोपानी पञ्चमीस्थित बाँझो पुग्नपर्ने बाध्यता हटेपछि खुसी व्यक्त गर्नुभएको हो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रको टोड्केमा पर्ने माङसेबुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेपछि कुसुण्डे र मलिबाँसेलगायत आसपासका क्षेत्रका २०० बढी घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । “हामीलाई सामान्य स्वास्थ्य परीक्षण गर्न एवं नियमित औषधि लिन पञ्चमी पुग्न टोड्केबाट दिनभर हिँड्नुपर्ने बाध्यता थियो”, ज्येष्ठ नागरिक राईले भन्नुभयो, “आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि समयमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छौँ ।” घरनजिकै आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि सामान्य बिरामी हुँदा दिनभर हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता हटेको ७३ वर्षीया ज्येष्ठ नागरिक फूलकुमारी राईले बताउनुभयो ।

भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित टोड्के, कुसुण्डे, मालबाँसेलगायत नागरिकलाई लक्षित गर्दै गाउँपालिकाले त्यहाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको हो । केन्द्रको आफ्नै भवन नबनेसम्म स्थानीय महिला सचेतना केन्द्रको भवनमा सञ्चालन हुने उक्त सेवाको गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्घाटन गर्दै दुर्गम बस्तीका नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “अत्यावश्यक औषधि र औजारसहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।”

हाल केन्द्रमा दुई जना अहेव खटाइएको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र खोपलगायत सेवा दिइने स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार राईले जानकारी दिनुभयो । छ वटा रहेको उक्त गाउँपालिकाले सञ्चालनमा ल्याएको सो स्वास्थ्य केन्द्र गाउँपालिकाको दशौँ स्वास्थ्य संस्था हो । गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले भौगोलिक रुपमा फराकिलो रहेको टोड्केका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउनुभयो।रासस

शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषधसहित ३१ जना पक्राउ
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

लागुऔषधसहित ३१ जना पक्राउ

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.