• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १७, २०८३
सोमबार, कार्तिक १७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु
  • २ घण्टा 

परिवार नियोजन सेवाबारे जानकार बन्दै अपाङ्गता भएका व्यक्ति
  • २ घण्टा 

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • ३ घण्टा 

अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’
  • ७ घण्टा 

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
  • १ दिन 

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
  • १ दिन 

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान
  • १ दिन 

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ
  • १ दिन 

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ५. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ८. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ९. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

परिवार नियोजन सेवाबारे जानकार बन्दै अपाङ्गता भएका व्यक्ति

  •  सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित

नेपालगञ्ज । “यहाँ आएर धेरै नयाँ कुरा जान्ने अवसर पाएँ । परिवार नियोजन र प्रजनन स्वास्थ्यका विषयमा पहिले सबै कुरा थाहा थिएन । यसरी हामी जस्ता अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर जानकारी दिने कार्यक्रम हुनु निकै राम्रो लाग्यो ।” यो भनाइ हो, बाँकेको डुडुवा गाउँपालिका–५ का चन्द्रबहादुर बुढाथोकीको । उहाँले परिवार नियोजन सङ्घमा आएर यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी जानकारी लिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

खजुरा गाउँपालिका–१ की दृष्टिविहीन देवी थापामगरले पनि यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना स्वास्थ्यसम्बन्धी अधिकार र सेवाबारे जान्न सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दृष्टिविहीन व्यक्तिहरूलाई पनि यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनका विषयमा जानकारी लिन आवश्यक छ । यस्ता विषयमा खुलेर कुरा गर्ने र जिज्ञासा राख्ने अवसर कमै पाइन्छ । यहाँ आएर धेरै कुरा बुझ्ने अवसर पाएँ ।

हामीलाई पनि अरू नागरिक सरह सेवा र जानकारी पाउने अधिकार छ भन्ने कुरा अझ स्पष्ट भएको छ ।” चन्द्रबहादुर र देवी जस्तै, नेपालगञ्ज उपमहानगरपालिका–२० का शारीरिक अपाङ्गता भएका शिव कार्कीले परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीले आफ्नो व्यक्तिगत जीवन र स्वास्थ्यका विषयमा सही निर्णय लिन सहयोग पुग्ने बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिहरूलाई पनि परिवार नियोजन र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी उत्तिकै आवश्यक छ ।” उहाँले भन्नुभयो, “यस्ता विषयमा धेरैलाई जानकारी नहुन सक्छ । यहाँ आएर सेवा, सुविधा र अधिकारका बारेमा बुझ्न पाउँदा राम्रो लाग्यो ।

आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन भए हामीजस्ता व्यक्तिहरूलाई धेरै सहयोग पुग्नेछ ।” अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर सन्चालन गरिएका यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन प्रोत्साहित गर्नुका साथै उनीहरूको आवश्यकता र जिज्ञासाअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाँकेमा सञ्चालन भइरहेका सचेतना तथा अभिमुखीकरण कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको परिवार नियोजनसम्बन्धी सेवामा पहुँच र सहभागिता बढाउन सकारात्मक योगदान पुर्याउँदै आएको छ । अपाङ्गता भएका व्यक्तिहरूमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार र परिवार नियोजनसम्बन्धी सेवाप्रति चासो बढ्दै गएको छ ।

विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूले परिवार नियोजनसँग सम्बन्धित सेवा, परामर्श तथा उपलब्ध सुविधाबारे जानकारी लिने र सेवा प्राप्त गर्न चासो देखाउने क्रम बढ्दै गएको नेपाल परिवार नियोजन सङ्घ, बाँके शाखाले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा जानकारी गराउने उद्देश्यले सङ्घले विभिन्न समयमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल परिवार नियोजन सङ्घ, बाँके शाखाकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिमा परिवार नियोजनसम्बन्धी सेवाप्रति चासो बढ्दै जानु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँका अनुसार अभिमुखीकरण तथा सचेतना कार्यक्रममा सहभागी हुने व्यक्तिले सेवा र सुविधाबारे जानकारी लिने, जिज्ञासा राख्ने तथा उपलब्ध सेवाबारे चासो देखाउने गरेका छन् । उहाँले यस्ता कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी सेवाबारे आवश्यक जानकारी दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “सेवा सबैको पहुँचमा पु¥याउने उद्देश्यले उनीहरूका जिज्ञासा सम्बोधन गर्ने र उपलब्ध सेवाबारे परामर्शसमेत हामीले प्रदान गर्दै आएका छौं ।”

प्रबन्धक श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य नागरिकसरह यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी सेवा तथा अधिकारको समान पहुँच आवश्यक रहेको उल्लेख गर्नुभयो । सचेतना र अभिमुखीकरण कार्यक्रमले उनीहरूमा आफ्नो स्वास्थ्य र अधिकारप्रति जानकारी तथा चासो बढाउन सहयोग पुगेको उहाँले बताउनुभयो । नेपाल परिवार नियोजन सङ्घ, बाँके शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (यसआरएचआर) सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।रासस

सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु
चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

ताजा

अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु

परिवार नियोजन सेवाबारे जानकार बन्दै अपाङ्गता भएका व्यक्ति

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.