काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा डा. श्रवण कुमार थापालाई जिम्मेवारी दिइएको छ ।
(न्याम्स)का उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्मका लागि बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरि निमित्त निर्देशकको जिम्मेवारी दिनुभएको हो । डा.थापा अर्थोपेडिक विद्यामा प्रसिद्ध सर्जनको रुपमा समेत परिचित हुनुहुन्छ ।
