काठमाडौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त हुनु भएको छ। आज (आइतबार) बसेको मन्त्रिपरषद्को बैठकले डा. जोशीलाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो।
यसअघि परिषद्का सदस्य सचिवमा डा प्रदीप ज्ञवाली रहनु भएको थियो। उहाँको कार्यकाल यही माघ २६ गतेबाट सकिएको हो ।
नवनियुक्त सदस्य सचिव डा प्रमोद जोशी कुशल चिकित्सकको रुपमा परिचित हुनुहुन्छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा.प्रमोद जोशी सुदुरपश्चिम प्रदेश स्थित गेटा अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
