• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १४ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १५ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १५ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १५ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १५ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १७ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १८ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • २१ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • १०. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

ऐन प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएकाहरु समस्यामा

  •  बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

काठमाडौँ । सुन्दरहरैचा–१० मोरङकी लक्ष्मी गुरागाइँ हाल काठमाडौँ नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसमा स्नातक अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ ।

गुरागाइँलाई कक्षा १२ सकेपछि सूचना प्रविधि वा वाणिज्य अध्ययन गर्ने इच्छा थियो । ती विषय अध्ययन गर्ने सुविधा बहिरा क्याम्पसमा नभएको र एउटा मात्र पाठ्यक्रम भएका कारण उहाँले चाहनुभएको विषय अध्ययन गर्न पाउनुभएन ।

सोही क्याम्पसमा अध्ययनरत् सुनाईसम्बन्धी अपाङ्गता भएकी शर्मिला शर्माले पनि लक्ष्मीले जस्तै समस्या भोग्नुप¥यो । शर्मिलाले अनुभवी शिक्षक र दोभाषेको अभावलगायत समस्या भोग्नु परेको बताउनुभयो । लक्ष्मी र शर्मिला दुईजना उदाहरण मात्र हुन् । उहाँहरु जस्ता धेरै अपाङ्गता भएका व्यक्तिहरुले यस्तो समस्या भोग्दै आउनुभएको छ ।

‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४’ लागु भएको छ वर्ष बित्दासमेत् प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरु अन्यायमा परेका हुन् । उक्त ऐनमा ‘सुनाइसम्बन्धी अपाङ्गता भएका, सुस्तश्रवण, तथा श्रवणदृष्टिविहीन भएका व्यक्तिलाई उपयुक्त भाषा, लिपि, तरिका, पाठ्यक्रम, पाठ्यपुस्तकलगायत पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन सक्नेछ’ भन्ने उल्लेख छ । तर, व्यवहारमा कार्यान्वयन हुन नसकेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ ।

सरकारले विपन्नता, भौगोलिक विकटता वा अपाङ्गताको गम्भीरता समेतका आधारमा अपाङ्गता भएका व्यक्तिलाई आवास सुविधासहितको शिक्षा प्रदान गर्ने ऐनमा उल्लेख गरेको छ । परीक्षा र मूल्याङ्कन प्रणालीमा छुट्टै व्यवस्था गर्ने, अपाङ्गतामैत्री शैक्षिक सामग्री तथा विद्यालय भवन तथा भौतिक संरचनाको निर्माण गर्ने भनिएपनि विद्यालय शिक्षामा सुनाइसम्बन्धी अपाङ्ता भएका व्यक्तिको पहुँच तथा सिकाइमा सहभागिता कमजोर हुँदा उनीहरूको सिकाइ गुणस्तरीय हुनसकेको छैन ।

संविधानको धारा, ३२ मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने उल्लेख छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय बहिरा महासङ्घका महासचिव सन्तोष केसीले सुनुवाइसम्बन्धी अपाङ्गता भएका र श्रवण दृष्टिविहीन बालबालिकाको सिकाइ आवश्यकता र सिक्ने शैली फरक–फरक हुने भएकाले सिकाइ विधि, प्रविधि, सिकाइ सामग्री तथा क्रियाकलापसमेत् फरक प्रयोग गरी सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा सुनाइसम्बन्धी अपाङ्गता भएका ८८ हजार सात सय ४३ जना छन् । उक्त तथ्याङ्कमा सुनाइसम्बन्धी अपाङ्गता, सुस्तश्रवण तथा श्रवण दृष्टिविहीन भएका व्यक्ति पनि गणना गरिएको छ । रासस

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.