• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • ३४ मिनेट 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • ३ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • ४ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ५ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २३ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १ दिन 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ४. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ९. खैरो हेरोइनसहित चार जना पक्राउ

  • १०. इबोला प्रकोपले बढायो विश्व चिन्ता

विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन

  •  मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित

काठमाडौँ । सानो भवन साधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ । साँधुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा अस्पतालले बिरामीलाई क्यान्सरको गुणस्तरीय सेवा पैदान गर्दै आइरहेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाएर सेवा सञ्चालन गरिरहेको बताउनुहुन्छ । “भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा हामीले भवन बनाएर सञ्चालन गरिरहेका छौँ” उहाँले भन्नुभयो, “सरकारसँग जग्गा माग गरिरहेको छौँ । तर पाएका छैनाँै ।”

उहाँले बिरामीलाई सस्तो र विशिष्टकृत सेवा दिइरहेको हुनाले सानोसानो साधुरो कोठामा भए पनि उपचार कक्ष बनाएर सेवा दिने गरेको बताउनुहुन्छ । “अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ । आएका बिरामीको उपचार त गर्नु नै प¥यो । शौचालयसमेत फोडेर पनि उपचार कक्ष बनाएका छाँै,”उहाँले भन्नभयो, “हामी सारै नै साँधुरो ठाउँमा अस्पताल सञ्चालन गरेका छौँ । सरकारले जग्गा उपलब्ध गराउन सक्ने हो भने अस्पताललाई अझ विशिष्टकृत बनाउन सकिन्छ ।” उहाँले सरकारले आफूलाई जग्गा उपलब्ध गराए सेवा विस्तार गरेर क्यान्सर रोगका जस्तोसुकै बिरामीको पनि उपचार स्वदेशमा गराउन सकिने बताउनुभयो । नेपाल अर्बुद रोग निवारण संस्थाले दुई शय्याबाट सुरु भएको अस्पताल अहिले सरकारी स्वामित्वमा एक सय ३० शय्यामा सञ्चालनमा रहेको छ । संस्थाबाट अस्पताल २०७७ सालमा सरकारले विकास समिति गठन आदेश गरेर सरकारको नाममा ल्याएको हो ।

क्यान्सरका सरकारका तीन वटा अस्पतालमध्ये काठमाडौँ उपत्यकामा रहेको भक्तपुर अस्पतालमा क्यान्सरका बिरामीको चाप धेरै नै हुने गरेको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सरकारी अस्पताल रहेका छन् । तर तीमध्ये काठमाडौँ उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पहिलो रोजाइ बनेको छ । काठमाडौँ आइसकेपछि उपचारका अन्य विकल्प पनि हुने भएकोले बिरामी चितवन र बाँकको सट्टा भक्तपुर नै आउने गरेका छन् । बिरामीको उपचारलाई ध्यानमा दिएर अस्पतालले हालै मात्र नयाँ अत्याधुनिक सिटी स्क्यान मेसिन, रेडियोथेरापी मेसिन, मोडुलेटर शल्यक्रिया कक्ष थपेको छ । नयाँ २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनले क्यान्सर कहाँ देखिएको छ भनेर सानासाना ठाउँ पनि पत्ता लगाउने गर्दछ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा चालिसेले नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा आएसँगै बिरामीलाई सिटी स्क्यान गर्न अयन्त्र जानु नपरेको बताउनुहुन्छ । अस्पतालसँग पहिले १६ स्लाइसको सिटी स्क्यान मेसिन रहेको थियो । “पहिलो एउटा सानो सिटी स्क्यान बिरामीलाई प्रयाप्त सेवा दिन सकेका थिएनौँ” उहाँले भन्नुभयो, “अहिले नयाँ सिटी स्क्यान आइसकेपछि बिरामीलाई दैनिक ३० देखि ३५ जनाको सिटी स्क्यान गर्नसक्ने भएका छौँ ।”

टिकट लिँदा नै चिकित्सक भेट्ने समय निश्चित

अस्पतालले बिरामीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवामा चिकित्सकको जाँच गराउनेका लागि निश्चित समय निर्धारण गरिएको छ । टिकटमा नै कति बजे चिकित्सकलाई भेट्ने भनेर समय तोकिएको हुन्छ । “अहिले पनि बहिरङ्ग सेवा लिन आएका बिरामी टिकटमा नै आधा घण्टाभित्र चिकित्सकलाई देखाउन पाउँछन्” उहाँले भन्नुभयो । अब निश्चित समय तोकेर बिरामीलाई बढीमा १० मिनेट मात्र कुर्ने गरी समय व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले अनलाइन टिकट र परीक्षणको भुक्तानी क्यूआरमार्फत तिर्ने व्यवस्था गरेको छ ।

रेडियोथेरापी र शल्यक्रियाका लागि पालो कुर्नुपर्दैन

अस्पतालले नयाँ रेडियोथेरापी उपकरण जडान गरेसँगै बिरामी क्यान्सरको उपचार गर्नका लागि पालो कुर्नुपर्ने समस्या पनि हटेको छ । अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले रेडियोथेरापीका लागि क्यान्सरका बिरामीले लामो समयसम्म पालो पर्खनु नपर्ने बताउनुहुन्छ । “पहिले एउटा रेडियोथेरापी मेसिनले बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्दथ्यो” उहाँले भन्नुभयो, “तर अहिले नयाँ रेडियोथेरापी मेसिन आएपछि दैनिक बिरामीको रेडियोथेरापी गर्न सक्ने भएका छौँ ।” रेडियोथेरापीले क्यान्सरका कणलाई मार्ने गर्दछ ।

यस्तै अस्पतालले अध्याधुुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक डा चालिसेले थप दुई वटा मोडुलेटर शल्यक्रिया कक्ष निर्माण गरिएको बताउनुभयो । “शल्यक्रिया कक्ष नहुँदा बिरामीको समयमा नै क्यान्सरको शल्यक्रिया गरेर उपचार गर्न सकिएको थिएन” उहाँले भन्नुभयो,“अब पाँच वटा मोडुलेटर शल्यक्रिया कक्ष भएपछि बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपदैन ।” उहाँका अनुसार पहिले एक डेढ महिना शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको थियो । उहाँले अब ढिलामा एक हप्ताभित्र बिरामीको शल्यक्रिया गरिन्छ ।

शल्यक्रिया गर्दा नै क्यान्सर पत्ता लगाउने विधि

अस्पतालमा शल्यक्रिया गर्दा नै क्यान्सरको आशङ्का गरिएमा तुरुन्तै परीक्षण गर्ने विधिसमेत रहेको छ । कार्यकारी निर्देशक डा चालिसले शल्यक्रिया गर्दा क्यान्सरको आशङ्का गरिएको ठाउँको क्यान्सर परीक्षण गर्नका लागि फ्रोजोन सेक्सन उपकरणबाट गरिने बताउनुभयो । “सिटी स्क्यानले सबै क्यान्सर पत्ता लगाउन सक्दैन । सिटी स्क्यानमा देखिएको मासु क्यान्सर हो कि होइन भन्ने कुरा थाहा हुँदैन”, उहाँले भन्नुभयो, “शल्यक्रिया गर्दागर्दै क्यान्सर कहाँसम्म फैलिएको छ भन्ने कुराको जानकारी फ्रोजोन सेक्सनले दिन्छ । फ्रोजोन सेक्सनले परीक्षण परीक्षणबाट क्यान्सर कहाँसम्म फैलिएको भन्ने थाहा हुन्छ र सोही अनुसार क्यान्सरको उपचार गरिन्छ ।” यो प्रविधि भक्तपुर क्यान्सर अस्पतालमा मात्र रहेको छ ।

निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पताललको दाबी छ । अस्पतालका कार्यकारी निर्देशक डा चासिलेका अनुसार स्तन क्यान्सरको उपचार बाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रुपियाँसम्म लाग्ने गर्दछ ।
यस्तै रेडियोथेपारी बाहिर निजी अस्पताल गराउँदा पाँच लाख रुपियाँसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ । अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उहाँको भनाइ रहेको छ ।

कर्मचारीको वृत्ति विकास बढ्ने

सरकारले हालै अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन गरेपछि त्यहाँ रहेका कर्मचारीको वृत्ति विकास बढ्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैंँ सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी संशोधन अभावमा नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, अब नयाँ नियमावलीअनुसार नयाँ करार कर्मचारीलाई लोक सेवामार्फत स्थायी हुने बाटोसमेत खुलेको छ ।
अस्पतालमा दैनिक पाँच सय जना उपचारमा आउने गर्दछन् । गत आर्थिक वर्षमा ९५ हजार पाँच सय चार जनाको उपचार गरिएको थियो । तीमध्ये दुई हजार ५०५ जनाको शल्यक्रिया गरेर क्यान्सरको उपचार र एक हजार ४० जनाको रेडियोथेरापी विधिबाट क्यान्सरको उपचार गरिएको थियो । कार्यकारी निर्देशक डा चालिसेले जग्गा, विशेषज्ञ चिकित्सक र शय्याको अभावले कारणले अस्पतालको क्षमता बढाउन नसकिएको बताउनुभयो । सरकारले अस्पताललाई जग्गा उपलब्ध गराए तीन सय शय्याको सञ्चालन गर्ने तयारी रहेको छ ।

समयमा नै उपचार गरे निको हुन्छ

क्यान्सर रोग विशेषज्ञसमेत रहनुभएका डा चालिसेले समयमा नै क्यान्सर पहिचान गर्नसके निको हुने बताउनुहुन्छ । उहाँका अनुसार क्यान्सरका चार चरण (स्टेज) मध्ये शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिने बताउनुभयो । अस्पतालमा आएका धेरै बिरामी निको भएर घर फर्किएको अस्पतालको दाबी रहेको छ । पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भावना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिनुभयो । उहाँ जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताउनुहुन्छ ।

नेपालमा बर्सेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको यस रोगबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । सबैभन्दा बढी फोक्सो र दोस्रोमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । अत्यधिक धूमपान तथा मद्यपान र सूर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको तथा, वंशाणुका कारण पनि धेरै क्यान्सरका रोगी बनेका छन् । रासस

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.