• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • २ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • ३ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ५ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २३ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २३ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २४ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १ दिन 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १ दिन 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. मीना सुनारको उद्धार

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. खैरो हेरोइनसहित चार जना पक्राउ

रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

  •  बुधबार, असोज ०९, २०८१ मा प्रकाशित

कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो ।

कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताउनुभयो । सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने उद्देश्यले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन सञ्चालनको तयारी भइरहेको जनाउँदै सोही अनुसार पहिलो चरणमा सूचिकृत गर्न थालिएको उहाँले उल्लेख गर्नुभयो ।

“सूचिकृत भएका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन सहज होस् भनेर सूचिकृत गरिएको हो”, भट्टले भन्नुभयो, “खोप अभियान सञ्चालन गरी रेबिजलाई शून्यमा झार्ने छौँ । सूचिकृत गर्नका लागि आगामी कात्तिक ६ गते सम्मको समयसीमा निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

सूचिकृत गर्ने काम सम्पन्न भएपछि त्यसको आधारमा रेबिजविरुद्धको खोप लगाउन वडावडामा टोली परिचालन गरिने शाखा प्रमुख भट्टले बताउनुभयो । बर्सेनि बहुलाएका स्यालले कुकुर र बिरालोलाई टोक्दा नगरपालिका क्षेत्रमा रेबिजको सङ्क्रमण बढ्दै गएको उहाँको भनाइ छ ।

दुई साताअघि मात्रै बहुलाएको स्यालले शुक्लाफाँटा–२ रानीपुरमा छजना मानिस र केही घरपालुवा कुकुरलाई टोकेको थियो । बहुलाएका स्यालले घरपालुवा कुकुर, बिरालो, जनावर तथा मानिसलाइ टोक्ने र त्यसबाट रेबिजको सङ्क्रमण सर्ने गरेको शाखा प्रमुख भट्टले बताउनुभयो । “जनचेतनाको अभावमा धेरै जनाले रेबिजविरुद्धको खोप नलगाएर घरमा बस्दा अन्यलाई सङ्क्रमण सर्ने जोखिम हुनाका साथै स्थानीयको मृत्यु समेतका घटना भएका छन्”, उहाँले भन्नुभयो ।

बहुलाएका स्याल, कुकुर, बिरालोलगायत जनावरले टोकेमा अनिवार्य रेबिजविरुद्धको खोप लगाउनुपर्ने भन्दै खोपबारे जनचेतना फैलाउन स्थानीय जनप्रतिनिधि, सरोकार भएका सङ्घसंस्थालगायत निकायले सहकार्य र समन्वय गर्नुपर्ने शाखा प्रमुख भट्टले जोड दिनुभयो ।

“रेबिजको भाइरस शरीरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा शरीरमा सङ्क्रमण देखापर्ने गर्दछ । रेबिजविरुद्धको खोप नलिएमा लक्षण देखा परेका व्यक्तिलाई कुनै पनि हालतमा बचाउन सकिँदैन”, उहाँले भन्नुभयो ।

घरपालुवा तथा सामुदायिक (छाडा) कुकुर र बिरालोको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाउने कार्य सँगै गरिने शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । रासस

बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
नारायणी अस्पतालका चिकित्सकको राजीनामा

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.