• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ११ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १२ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १२ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १२ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १२ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १३ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १५ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १७ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • १०. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै

  •  बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

काठमाडौँ । आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताउनुभयो ।

“नेपालमा प्रतिएक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृमृत्युबाट सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएका छौँ । सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो ।

डा लालले असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

दश हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार छ सय ८३ स्वास्थ्य संस्था र चार हजार दुई सय ३५ स्वास्थ्यकर्मी, १० हप्तासम्मको औषधीको तथा उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि सात सय ३० स्वास्थ्य संस्था र एक हजार चार सय १९ स्वास्थ्यकर्मी, १२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि तीन सय ५० स्वास्थ्य संस्था र दुई हजार आठ सय ६० चिकित्सिक तथा स्वास्थ्यकर्मी र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र एक सय ८७ जना चिकित्सकलाई सूचीकृत गरिएको परिवार कल्याण महाशाखाका निर्देशक डा लालले जानकारी दिनुभयो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण, गर्भपतन पश्चात् सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ।

महाशाखाका निर्देशक डा लालले सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिइएको उल्लेख गर्दै सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन भइरहेका जानकारी दिनुभयो । उहाँका अनुसार गर्भपतन सेवा देशभरि उपलब्ध छ ।

“सम्मानजनक प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारप्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहुँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ”, महाशाखाका निर्देशक डा लालले भन्नुभयो । यो वर्ष ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ गर्भपतन सेवा दिवस मनाउन थालिएको हो । रासस

बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.