• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १० घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ११ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ११ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ११ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ११ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १२ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १४ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १६ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

  •  बुधबार, असोज २३, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा बृद्धि भइरहेको छ । अर्काेतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पु¥याएको सेवा तथा अनुसन्धान अब्बल कहलिएका छन् ।

नेपाली नेत्रविशेषज्ञद्वय सुशीला पटेल र सविता ढकालले बङ्गलादेशको आन्दोलनका क्रममा आँखामा समस्या देखिएका घाइतेका ढाकामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् । घाइतेको आँखा उपचार गर्न नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले चिकित्सकद्वयलाई त्यसतर्फ पठाएको थियो । अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीका अनुसार अस्पतालमा कार्यरत डा पटेल कर्निया सर्जनको एशोसियट प्रोफेसर तथा डा ढकाल भिट्रो रेटिना सर्जन हुनुहुन्छ । उहाँहरु नेशनल इन्ष्टिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा बङ्गलादेश जानु भएको हो ।

अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेका अनुसार नेपाली चिकित्सकले यही असोज १८ गतेदेखि ढाकामा विशेषज्ञ उपचार सेवा प्रदान गरिरहनुभएको छ । योक्रम यही असोज २३ गतेसम्म जारी रहने छ ।

आन्दोलनका क्रममा बङ्गलादेशको राजधानी ढाकामा विशेष गरेर आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका लगायत समस्या देखिएका बिरामीको उपचारका साथै शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सेवा नेपाल र सेवा फाउन्डेसनको समन्वय तथा नेशनल इन्ष्ट्रिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा अस्पतालमा कार्यरत चिकित्सकलाई बङ्गलादेश पठाइएको हो । उहाँले भन्नुभयो, “छिमेकीलाई समस्या पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो । विगतमा पनि हामीले बङ्गलादेशस्थित नेपाली राजदूतावासका समन्वयमा बङ्गलादेशमा आँखा परीक्षण शिविर सञ्चालन गरिसकेका छौँ । उहाँहरुले सेवा फाउन्डेसनमार्फत चिकित्सक पठाउन आग्रह गरेपछि हामीले हाम्रो अस्पतालमा कार्यरत चिकित्सलाई बङ्गलादेश पठाएका छौँ । यसले दुई देशबीचको सम्बन्ध नागरिकस्तरमै थप प्रगाढ हुने विश्वास लिएका छौँ र आगामी दिनमा समेत दूतावाससँगको सहकार्यमा बङ्गलादेशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

पछिल्लो समय बङ्गलादेशबाट व्यक्तिगत रुपमा नै आँखाका बिरामी उपचारका लागि नेपाल आइरहेका छन् । सङ्घको तथ्याङ्क अनुसार सन् २०२३ मा मात्र भारत बङ्गलादेशसहित विभिन्न देशबाट आठ लाखभन्दा बढी बिरामीले सङ्घको सञ्जालमार्फत आँखाको उपचार गराएका छन् ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले भन्नुभयो,“गतवर्ष मात्र पनि हाम्रो सञ्जालमार्फत आठ लाख भन्दाबढी गैर नेपाली बिरामीले आँखा उपचार सेवा लिनुभएको छ । यसले हाम्रो उपचारमा अन्य देशका नागरिककोसमेत विश्वसनियता बढेको छ भन्ने देखिन्छ । यसैले हामीले अब बढीभन्दा बढी नेपाली नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य दिएका छाँै ।” रासस

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.