• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • १५ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • १५ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • १५ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • १५ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • १६ घण्टा 

कार्यस्थलमा स्तनपान कक्षको अभाव
  • २२ घण्टा 

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
  • २२ घण्टा 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
  • २२ घण्टा 

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
  • २ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ६. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

पत्रकार भुपराज पाठकको उपचारका लागि एक्सपर्टद्धारा ५० हजार सहयोग

  •  आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

चितवन । सामान्यतया कार्यक्रमको उद्घाटनमा बत्ती बालिन्छ वा बिरुवामा पानी हालिन्छ वा कहिलेकाहीँ ब्यानर पढेर पनि उद्घाटन गरिन्छ । तर, भरतपुरमा रक्तक्यान्सर रोगसंग लडिरहेका पत्रकारलाई आर्थिक सहयोग गरेर एक कार्यक्रमको उद्घाटन गरिएको छ ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले ‘एनुअल अवार्ड नाइट–२०२४’ को उद्घाटनमा पत्रकार भुपराज पाठकको उपचारमा नगद ५० हजार रुपैयाँ सहयोग गर्दै कार्यक्रमको समुद्घाटन गरिएको हो । एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको औपचारिक उद्घाटनका क्रममा अन्य नियमित प्रक्रिया र स्वरुपलाई परिवर्तन गर्दै सहयोग रकम उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको एक्सपर्ट चितवनका विजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले बताउनु भयो । सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहनुभएका न्यौपानेले एक्सपर्टले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा बोल्दै सहयोग समितिका अर्का उपाध्यक्ष लम्सालले एक्सपर्टको सहयोग मानव जीवनलाई सिँचाइ भएको बताउनु भयो । ‘रिबन काटेर, मैनबत्ती बालेर, बिरुवामा पानी हालेर कार्यक्रमहरु उद्घाटन गरिन्छन् । तर आज एक्सपर्टले अस्पतालको सैय्यामा रहेको बिरामीको जीवनमा पानी हालिदिएको छ । उसको बाँच्ने आशालाई जीवित बनाएको छझ, लम्सालले भन्नुभयो–‘यो अमुल्य सहयोगका निम्ति एक्सपर्ट परिवार प्रति कृतज्ञ छौँ ।’

भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको हो । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ । रक्तक्यान्सर प्रभावित पाठकको उपचारका लागि सानै भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो ।

यस्तै एनुअल अवार्ड नाइट कार्यक्रममा विभिन्न विद्यामा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । एक लाख राशीको टप पर्फमिङ अवार्ड भरतपुर बेस क्याम्पबाट रमेश सापकोटा र रत्ननगर शाखाबाट उषा आचार्य पुरस्कृत हुनु भयो । त्यस्तै ५० हजार राशीको क्लाइन्ट केयर च्याम्प अवार्ड बेस क्याम्पकै रमेश सापकोटा, २० हजार राशीको राइजिङ स्टार अवार्ड बेसक्याम्पकी रविन्सा श्रेष्ठ, २० हजार रुपैयाँ राशीकै दि डिजिटल प्रोमोटर अवार्ड पर्सा शाखाका विकल अर्याल, ग्रोथ पाइनियर अवार्ड पर्सा शाखाकै मोनिक पौडेल, दि प्रोग्रेस एक्सिलेटर अवार्ड हेटौंडा शाखाकी सुरक्षा घिमिरेले प्राप्त गर्नुभयो ।

त्यसैगरि पारिवारसहित वैदेशिक भ्रमणका लागि सर्कल अफ एक्सीलेन्सी अवार्ड भरतपुरकै आशिष कर्माचार्य र मिना सुवेदीले प्राप्त गर्नुभयो । यस्तै सिंगल वैदेशिक भ्रमणका लागि लङ हउल अवार्ड बेस क्याम्पका उमा गुरुङ, अजय थापा, प्रतिक थापा, झलक शर्मा, रमेश सापकोटा, हेटौंडा शाखाका सागर लामिछाने, कावासोती शाखाका कृष्ण भुषाल र पुष्पा तिवारीले प्राप्त गर्नुभयो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

ताजा

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.