• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ३२ मिनेट 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • २ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ४ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५ घण्टा 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • ५ घण्टा 

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • २२ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • २३ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • २४ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ’

  •  शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आयोजना गरेको ‘स्वस्थ्यकर बुढ्यौलीसम्बन्धी पैरवी’ कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिएमा स्वस्थ्य जीवनयापन गर्नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई सम्मान आवश्यक छ ।स्वस्थकर बुढ्यौलीका लागि बुढ्यौलीमा प्रयास गरेर हुँदैन । सुरुदेखि नै गर्नुपर्छ । यो एउटा संस्कार बन्नुपर्छ ।” सबैले बुढेसकालका लागि आफूलाई तयार पार्न अहिलेदेखि नै सक्रिय जीवनयापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरादेवी निरौलाले स्वस्थ्यकर बुढ्यौलीका लगि हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा छ । स्वास्थ्यमा बिमामा पनि प्राथमिकता दिइएको छ ।” उहाँका अनुसार हाल ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सङ्ख्या तीन लाख रहेको छ भने १५ हजारलाई डिमेन्सिया रहेको छ ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’कार्यक्रममा अघिल्लो वर्ष १५ वटा वडामा गरेको र यो वर्ष १४ वटा वडामा गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि निमोनियाको खोप दिइरहेका छौँ । वडावडामा योगाका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । योगामा महिला तथा भजनमा पुरुष ज्येष्ठ नागरिकहरुको सक्रियतापूर्वक सहभागिता छ ।”

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जति उमेर बढ्दै गए पनि सकारात्मक सोचकासाथ अघि बढ्दा सक्रियतापूर्वक जीवन जिउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ । जुनै उमेरलाई पनि सन्तुलित रुपमा लानुपर्छ ।”

जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा उमेश बोगटीले ज्येष्ठ नागरिकलाई पारिवारिक तथा बाहिरका छलफलमा सहभागी गराउने, समयसमयमा अस्पताल लाने, औषधिको सही सेवनकाबारेमा जानकारी लिराख्नुपर्ने बताउनुभयो ।

मानसिक रोग विशेषज्ञ डा निदेश सापकोटाले वृद्धावस्थामा सबैको स्मरण शक्तिमा ह्रास नआए पनि अधिकांशले बिर्सिने रोग अर्थात् डिमेन्सियाको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उमेर ढल्किँदैमा स्मरण क्षमतामा ह्रास आउँछ भन्ने हुँदैन । सुरुदेखि नै स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । तीन जनामध्ये दुई जनालाई अझै पनि डिमेन्सियाबारे थाहा छैन । यसबारे नीतिगत बहस हुनुपर्छ । सचेतना जगाउनुपर्छ ।” रासस

शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.