• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक १५, २०८३
शनिबार, कार्तिक १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • १ दिन 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • १ दिन 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • १ दिन 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • १ दिन 

लागुऔषधसहित ३१ जना पक्राउ
  • १ दिन 

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • २ दिन 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • २ दिन 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • २ दिन 

दाङमा रगत अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ५. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी

  •  बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित

दोहा । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन् । उहाँले भन्नुभयो, “हामी आशा गर्दछौं कि यो युद्धको अन्तिम चरण हुनेछ । सबै पक्षहरू यस सम्झौताका सबै सर्तहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनेछन् भन्नेमा हामी पूर्णतया विश्वस्त छौँ।”

मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम बिषयमा’ मा काम भइरहेको बताएको छ । नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउनका लागि यो सम्झौता ‘सही कदम’ भएको बताएका छन् ।

इजरायलको इतिहासमै सबैभन्दा घातक उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।

हमास आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको कारबाहीमा गाजाको अधिकांश भाग ध्वस्त बनेको छ भने कारबाहीका क्रममा ४६ हजार ७०७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजाको नागरिक सुरक्षा निकायले सम्झौताको घोषणापछि इजरायली आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ।

यसैबीच बाइडेनले यो दिन आएकोमा आफू निकै सन्तुष्ट रहेको बताउँदै वार्तालाई आफ्नो करियरको ’सबैभन्दा कठिन’ भएको बताएका छन् ।

उनले सम्झौताको दोस्रो चरणको सम्झौताले ’युद्धको स्थायी अन्त्य’ गर्ने बताउँदै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए ।

बन्धकहरूको रिहाईको माग गर्दै तेल अभिभमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले सम्झौताको समाचार सुनेपछि आपसमा अँगालो हाल्दै खुशी व्यक्त गरेका थिएभने गाजामा पनि हजारौँले सम्झौतापछि खुशियाली मनाएका थिए।

“म विश्वास गर्न सक्दिन कि एक वर्ष भन्दा बढीको यो दुःस्वप्न अन्ततः समाप्त हुँदैछ। हामीले धेरै मानिस गुमाएका छौं, हामीले सबै कुरा गुमाएका छौं,” गाजा शहरमा आफ्नो घरबाट विस्थापित ४५ वर्षीया रन्डा समीहले भन्नुभयो ।

हमासले युद्धविराम ‘हाम्रा महान् प्यालेस्टाइनी जनताको महान् दृढता र गाजा पट्टीमा हाम्रो बहादुरीपूर्ण प्रतिरोधको परिणाम’ भएको बताएको छ ।

मध्यस्थताकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले सम्झौतालाई मजबुत बनाउने प्रयासलाई तीव्र बनाएपछि पछिल्ला दिनहरूमा युद्ध अन्त्य गर्न दबाब बढेको थियो।

कतारका शेख मोहम्मदले कायरोस्थित एक निकायमार्फत तीनै देशले युद्धविराम कार्यान्वयनको अनुगमन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रारम्भिक ४२ दिनको युद्धविरामको क्रममा महिला, बालबालिका र वृद्ध साथै बिरामी र घाइतेसहित ३३ जना बन्धकलाई रिहा गरिनेछ । साथै, पहिलो चरणमा इजरायली सेना गाजाको घना बस्ती भएका क्षेत्रहरूबाट पछि हट्नेछन् र आदानप्रदानका साथै ‘विस्थापित मानिसहरूलाई उनीहरूको निवासमा फर्काइनेछ’।”

दोस्रो र तेस्रो चरणमा इजरायली बन्धकहरूको बदलामा रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सङ्ख्यालाई प्रारम्भिक युद्धविरामको ४२ दिनमा ‘अन्तिम रूप’ दिइने उहाँले बताउनुभयो । रासस

बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ताजा

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.