काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० जनाले आँखाको जाँच तथा तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । सहिद दिवसको अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमिति र जनकल्याण सामाजिक केन्द्रद्वारा आज आयोजित सो कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुहुँदै स्वास्थ्य क्षेत्रमा सामाजिक काम गर्ने स्वयम्सेवीलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
“स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यक पर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले सङ्घ अन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरू सञ्चालनमा रहेको जानकारी दिनुहुँदै स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरू गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह र ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो “ अन्धोपन निवारणका लागि साझा सहकार्य आवश्यक छ । ”
नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले पार्टीले सामाजिक क्रियाकलापलाई पनि निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो । जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर तीन सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको बताउनुभयो । सोही अवसरमा आँखा शिविर सञ्चालन
