• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक १५, २०८३
शनिबार, कार्तिक १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • २० घण्टा 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • २१ घण्टा 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • २२ घण्टा 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • १ दिन 

लागुऔषधसहित ३१ जना पक्राउ
  • १ दिन 

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • २ दिन 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • २ दिन 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • २ दिन 

दाङमा रगत अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ५. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

प्रतिनिधिसभा: ‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’

  •  आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद भण्डारीले आफू २ वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा पर्नुभएकामा दुःख व्यक्त गर्दै उहाँहरुको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नुभयो । “नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान दिइँदैन, जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन्, सुरक्षा नारामै मात्र सीमित हुनु भएन”, उहाँले भन्नुभयो, “जलन जसलाई जहाँ पनि हुनसक्छ, सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसकारी विधेयक पारित गरौँ, उपचार केन्द्र स्थापना गरौँ ।”

सांसद शोभा ज्ञवालीले बर्दियाको मधुवन नगरपालिकामा पछिल्लो एक महिनामा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गएको जनाउँदै मृतकका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकरको ध्यानाकर्षण गराउनुभयो । “जङ्गली जनावरको आक्रमणबाट सयौँले ज्यान गुमाएका छन्, सयौँ घाइते छन्, हजारौँ भेडाबाख्रासहित पुशचौपाया र खेतीबाली नष्ट भएको छ”, उहाँले भन्नुभयो, “वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ, तत्काल सो क्षेत्रमा तारजाली र पर्खाल लगाउन सरकारको ध्यानाकर्षण गराउँछु ।”

सांसद अब्दुल खाँनले पछिल्लो समय जङ्गली जनावरले घरखेतमै आएर मानिसलाई आक्रमण गर्ने गरेको जनाउँदै जङ्गली जनावरको आक्रमणबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकरको ध्यानाकर्षण गराउनुभयो । “काँडेतार र पर्खाल लगाएर हुन्छ वा बस्ती नै सारेर हुन्छ, बर्दियाका नागरिकको जीउधनको रक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद अच्युत मैनालीले सुधारगृह यातनागृहका रुपमा परिणत भइरहेको हुँदा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद धवलशम्शेर जबराले नेपालमा धर्म परिर्वतनका लागि अमेरिकाबाट ठूलो रकम खर्च भएको भन्ने सुनिएको जनाउँदै त्यसबारेमा छानबिन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकको मानवअधिकार रक्षामा नेपाल सरकारले तत्काल उचित संवाद गर्नुपर्नेमा जोड दिनुभयो । “अमेरिकामा गैरकानुनी तबरबाट लुकीछिपी बसेका छन्भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु”, उहाँले भन्नुभयो । रासस

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ताजा

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.