• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ११ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १२ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १३ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १४ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १६ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १८ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

सांसदद्वारा बेलुन विस्फोटपछि घाइते मन्त्री र प्रमुखको शीघ्र स्वास्थ्यलाभको कामना

  •  आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले बेलुन विस्फोटपछि घाइते हुनुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले शनिबार पोखरामा पर्यटनसँग सम्बन्धित कार्यक्रममा बेलुन विस्फोटपछि घाइते हुनुभएका उहाँहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

सांसदहरुले आगलागी घटनाहरुप्रति सचेतना अपनाउन, सडक एवं पुल निर्माण, सुकुम्वासी व्यवस्थापन, सामाजिक सुरक्षा कोषको अनिवार्यता, कृषिमा रुपान्तरण, चुरे दोहन, निःशुल्क प्याड वितरणदेखि रोजगार सृजनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठाकुरप्रसाद गैरे पाल्पामा सुन्तलाखेतीको सम्भावना उजागर गर्दै सुन्तला करिडोर निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामुदायिक वनलाई सुन्तला वनमा रुपान्तरण गर्न सुझाव प्रस्तुत गर्नुभयो ।

सांसद डिगबहादुर लिम्बूले मोरङ जिल्लाको लेटाङस्थित अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद डोलप्रसाद अर्यालले न्यूनतम पारिश्रमिक र प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य र अपरिहार्य भएको बताउनुभयो ।

सांसद डा तोसिमा कार्कीले स्यानिटरी प्याडका लागि आवश्यक कच्चापदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गर्नुभो । उहाँले भन्नुभयो, “देशभित्र बर्सेनि ३० करोड थान स्यानिटरी प्याड उत्पादन हुन्छ । तर स्वदेशी उत्पादनको क्षमतमा ९० करोड छ ।” उहाँले मुलुकका सातै प्रदेशका सरकारी विद्यालयमा वितरण भइरहेको निःशुल्क प्याड उपलब्धता र नियमनको सुझाव प्रस्तुत गर्नुभयो ।

सांसद दिक्पालकुमार शाहीले दैलेख भैरवी गाँउपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणका लागि अन्य तीन ठाउँमा उत्खनन गर्न आर्थिक स्रोत जुटाउन माग गर्नुभयो । सांसद दीपकबहादुर सिंहले सिद्धबाबा र ‘फास्ट ट्र्याक’को निर्माण समयमै सक्ने ‘ग्यारेन्टी’ सरकारले दिनुपर्ने बताउनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको मार्मा गाउँपालिका–४ मा गत वर्षको बाढीबाट विस्थापितहरुको पुनस्र्थापना र पुनर्निर्माण सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दुर्गा राईले बाढीले क्षतिग्रस्त बिपी लोकमार्ग पुनर्निर्माणका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमल्सेनाले उद्योगमा एकाधिकार हटाउनुपर्ने माग गर्दै सिमेन्टको मूल्यवृद्धि नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्र पौडेलले फागुन ३ गते बागलुङको निसीखोलामा टिपर दुर्घटनामा ज्यान गुमाएका चालक कृष्ण कुमालको परिवारप्रति शोक व्यक्त गर्नुभयो । सांसद धुव्रवहादुर प्रधान हुलाकी सडकको स्तरोन्नतिलाई गति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नागिना यादवले चुरे संरक्षण आयोजना खारेज गर्ने बहसबारे धारणा व्यक्त गर्दै ‘मोडालिटी’ परिवर्तन गर्न माग गर्नुभयो । सांसद नारायणी शर्माले विस्तृत शान्ति सम्झौताको विरुद्धमा जनयुद्धलाई हिंसा भनेर अपराधीकरण गर्न नहुने राय प्रस्तुत गर्नुभयो ।

सांसद धनराज गुरुङले जलनको घटना नदोहोरिन दिन सचेत हुन आग्रह गर्नुभयो । सांसद निर्मला कोइरालाले वीरगञ्जको मुख्य सडक विस्तार अदालतमा विचाराधीन अवस्थामा हुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेको बताउनुभयो । उहाँले चाँडोभन्दा चाँडो मुद्दा टुङ्गो लगाउनुपर्ने माग गर्नुभयो ।

सांसद नैनकला थापाले युवासम्बन्धी नीति तत्काल ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई स्वदेशमा रोजगारी उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सेवा प्रवाहले नैराश्यता थपेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । सांसद पूर्णबहादुर घर्तिमगरले अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार तीन तहका सरकाले आम्दानीको बाँडफाँट गर्ने व्यवस्था भए पनि स्थानीय तहले २० वर्षदेखि सथनीय तहले कुनै रकम प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले अधिकार र आम्दानीको उचित वितरण र शिकार आरक्षणको पुनः सीमाङ्कन गर्न माग गर्नुभयो ।

सांसद प्रतीक्षा तिवारीले सङ्क्रमणकालीन न्यायको टुङ्गो लाग्नुपर्ने बताउनुभयो । सांसद प्रभु हजाराले भौतिक मन्त्रालय र सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउदै पर्सा जिल्लाको गण्डक नहरका पुलहरु जीर्ण अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेमबहादुर आलेले डोटी जिल्लाअन्तर्गतको सडक र पुल निर्माणलाई तीव्रता दिन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले काठमाडौँ उपत्यका प्रदूषित भएको भन्दै रूखबिरुवा रोप्न प्रोत्साहन गर्न माग गर्नुभयो । सांसद वर्षमान पुनले घोराहीको सडक कालोपत्र गर्नका लागि तत्काल ठेक्का लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद विनिता कठायतले आगलागीको घटनामा भिआइपीका र नागरिकलाई गर्ने उद्धारमा विभेद भएको बताउनुभयो ।

शून्य समयमा सांसदहरु दीपा शर्मा, दामोदर पौडेल बैरागी, तारा लामा तामाङ, प्रेमबहादुर महर्जन, विमला सुवेदी र प्रतिमा गौतमले जनसरोकारको विषयमा सभामुखमार्र्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । रासस

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.