• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ९ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ९ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १० घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ११ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १३ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १६ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री पौडेल

  •  बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताउनुभएको छ । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा आज २८औँ स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवासँग छलफल गरेर निष्कर्षमा पु¥याउनुपर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।”

मन्त्री पौडेलले सङ्घीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी दबाबमा रहेर काम गर्न सक्दैनन् । काम गर्ने वातावरण निर्माण गर्नुपर्यो । जनशक्ति यहाँ बस्न चाहेका छैनन् । आवश्यक क्षमता अभिवृद्धि गर्ने वातावरण बनेको छैन ? व्यक्तिगत उन्नयनको परिस्थिति सहज बनाइनुपर्छ । यो पनि स्वास्थ्य सेवा ऐनमा समावेश गर्नुपर्छ ।”

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीलाई उत्प्रेरणा पनि आवश्यक छ । दरबन्दीको समस्या हल गर्नुपर्नेछ । सङ्घीयतामा स्वास्थ्य सेवालाई कहाँ राख्ने त्यो स्पष्ट हुनुपर्छ । स्वास्थ्य सेवालाई एकै ठाउँमा नल्याउने हो भने यसको नतिजा राम्रो आउन सक्दैन ।”

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अरु क्षेत्रका तुलनामा स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखीय प्रगति हुनु सुखद् पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न चुनौतीका बिचमा पनि स्वास्थ्यका सूचकमा राम्रो सुधार देखिएको छ । यद्यपी अझै पनि दूरदराजमा स्वास्थ्य सेवा पु¥याउन सकिरहेका छैनौँ । स्वास्थ्यकर्मीमा उत्प्रेरणा जगाउन जरुरी छ । एकातिर जनशक्ति पुग्न नसकेको अवस्था छ भने अर्कोतिर जनशक्ति पलायन हुने चुनौती देखिएको छ ।”

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले स्वास्थ्यकर्मीको दरबन्दी समाधान गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) आवश्यक रहेको बताउनुभयो । उहाँले एकीकृत स्वास्थ्य सेवा ऐनमा सबै तहको कर्मचारीको सल्लाह लिएर बनाउनुपर्ने धारणा राख्नुभयो ।

‘सर्वसुलभ स्वास्थ्य सेवाः निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ नारासहित आज २८औँ स्वास्थ्य सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रासस

बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.