• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक १५, २०८३
शनिबार, कार्तिक १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • १६ घण्टा 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • १७ घण्टा 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • १८ घण्टा 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • २० घण्टा 

लागुऔषधसहित ३१ जना पक्राउ
  • २१ घण्टा 

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • २ दिन 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • २ दिन 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • २ दिन 

दाङमा रगत अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ५. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

  •  मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित

म्याग्दी । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरुको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शुल्कले निर्माण सामग्री खरिद, मजदुरको ज्याला व्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाएका हौँ ।”

यस्तै १५÷१५ फिट लम्बाइ चौडाइ र दुई दशमलव पाँच फिट उचाइ भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्नसक्ने क्षमता रहेको सचिव केसीले बताउनुभयो । हालको तातोपानी स्नानस्थलभन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ ।

उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पु¥याउने संरचना निर्माण भएको छ । स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाइएको छ । ढल व्यवस्थापनका लागि नाली निर्माण गर्न बाँकी छ ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको समस्या निको हुने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेका समितिको तथ्याङ्क छ । रु ३५० का दरले शुल्क तिरेर सातदेखि १० दिनसम्म स्नान गर्न पाइन्छ ।

छोटो अवधिमा स्नान गर्नेहरुका लागि प्रतिपटक रु १०० शुल्क तोकिएको छ । हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्न दुईवटा फरक–फरक पोखरी छन् । भ्रमण गर्न आउने र जाडो याममा स्नान गर्नेहरुको मङ्सिरदेखि फागुन–चैतसम्म घुइँचो लाग्ने गर्छ ।

ठूलो पोखरीमा एकपटकमा ३०० जनाले स्नान गर्नसक्ने क्षमता छ । पाहुनाको चाप बढेकाले दुई÷दुई घण्टाका दरले तीनवटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताउनुभयो ।

प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत नगरपालिकालाई बुझाउने गरिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीको तलबभत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वती माविका पाँच निजी स्रोतका शिक्षकको तबलभत्तामा खर्च गरिँदै आएको छ । रासस

मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ताजा

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.