• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • ८ मिनेट 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २२ मिनेट 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २२ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २३ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँचजनालाई प्रतिबन्ध

  •  बिहिबार, चैत २१, २०८१ मा प्रकाशित

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी), अनुपालन तथा मध्यस्थता समिति (सिएमसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँचजनालाई प्रतिबन्ध (स्यान्सन) लगाएको छ ।

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहबाट हट्न र सोसाइटीको आउँदा निर्वाचनमा उम्मेदवारसमेत हुन नपाउने गरी सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमिल्सेनालाई प्रतिबन्ध लगाएको हो ।

आइएफआरसीको मुख्यालय जेनेभाद्वारा आज यहाँ जारी वक्तव्यअनुसार उहाँहरु नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहको सदस्यतामा राजनीतिक दलहरूका लागि भागबन्डालाई बढावा दिएर राजनीतिक गतिविधिहरूमा संलग्न रहेको पाइएको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, “यो भनेको तटस्थता तथा स्वाधीनताका सिद्धान्तहरूको उल्लङ्घन हो जुन सिद्धान्तहरूको पालन विश्वभरका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूका सम्पूर्ण कर्मचारी तथा स्वयंसेवकहरूले गर्नु आवश्यक छ । अनुपालन तथा मध्यस्थता समितिको ‘प्यानेल’ ले समितिलाई प्राप्त अन्य जानकारीहरूको पनि समीक्षा गरिरहेको छ र थप व्यक्तिहरूलाई पनि पद छोड्न अनुरोध गरिन सक्दछ । यसका अतिरिक्त, नेपाल रेडक्रसको नयाँ विधान तथा निर्वाचनसम्बन्धी प्रक्रियाका बारेमा सहमतिमा पुग्न सरोकारवालाहरू असफल भएको कारणबाट अन्तरराष्ट्रिय महासङ्घको सञ्चालन बोर्ड को सन् २०२५ को जुन महिनामा हुने आउँदो सत्रमा नेपाल रेडक्रस सोसाइटीका विरुद्ध प्रतिबन्ध लगाउन अनुपालन तथा मध्यस्थता समितिले सिफारिस गर्नेछ ।”

वक्तव्यमा यसमा अन्य कदमहरूका साथसाथै नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइने आर्थिक सहयोग बन्द गर्ने विषय पनि समावेश हुन सक्ने भनिएको छ । वक्तव्यमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको सञ्चालक निकायका बारेमा वैध निकाय भनी आपूmलाई दाबी गर्ने विभिन्न समूहहरूका बीचमा विद्यमान विवादका बारेमा मध्यस्थता गर्नका लागि र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अभियानका आधारभूत सिद्धान्तहरूको उल्लङ्घनमा मात्र सीमित नरहेर गलत आचरणका अन्य अभियोगहरूलाई समेत सम्बोधन गर्नका लागि अनुपालन तथा मध्यस्थता समितिको माध्यमबाट अन्तरराष्ट्रिय महासङ्घले वर्षौंसम्म प्रयास गरिसकेपछि यी कदमहरू दुःखका साथ चालिएका हुन् । अनुपालन तथा मध्यस्थता समितिले वर्तमान गतिरोधको समाधानका रूपमा नेपाल रेडक्रसका लागि पूर्ण रूपमा स्वतन्त्र र गैरराजनीतिक अन्तरिम समितिको गठन गर्नका निमित्त सरकारमा निहित अधिकारको प्रयोग गर्नका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ । यदि यो प्रयास सफल भएका खण्डमा, त्यस्तो समितिले अनुपालन तथा मध्यस्थता समितिका सिफारिसहरूका बारेमा समयमा नै कारबाही गरेका खण्डमा र व्यक्तिहरूका बारेमा माथि उल्लिखित सिफारिसहरूको पालन गरिएका खण्डमा अभैm पनि प्रतिबन्ध लाग्नबाट बच्न सकिने सम्भावना रहन सक्दछ ।”

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीलाई प्रतिबन्ध नगरिएको हुँदा मानवीय सहयोग, आकस्मिक काम जारी रहने वक्तव्यमा जनाएको छ । बक्तव्यमा भनिएको छ, “अन्तरराष्ट्रिय महासङ्घको दीर्घकालीन लक्ष्य भनेको स्वच्छ र रेडक्रसका सिद्धान्तप्रति प्रतिबद्ध त्यस्तो नेपाल रेडक्रस सोसाइटी सुनिश्चित गर्नु हो जुन सोसाइटीले सर्वसाधारण जनता, सरकार तथा आप्mना साझेदार संस्थाहरूको विश्वास कायम गरोस् । अन्तरराष्ट्रिय महासङ्घ जनस्वास्थ्य, विपद्का जोखिमहरूको व्यवस्थापन तथा स्वयंसेवकहरूको परिचालनका लागि गरिने प्रयासहरूमा नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूका साथमा रहन्छ । यदि प्रतिबन्धको अवधिमा विपद्हरू गइहालेका खण्डमा पनि मानवीय आवश्यकताहरूको पूर्ति हुनेछ भन्ने कुरा अन्तरराष्ट्रिय महासङ्घले सधैँ सुनिश्चित गर्नेछ ।” रासस

बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.