• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

‘कोभिड–१९ मा प्रहरी कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण छ’

  •  बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ महिनले आफ्नो कार्यकालमा कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिका अभूतपूर्व रहेको बताउनुभएको छ ।

चार दिनपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश लिन लाग्नुभएका महानिरीक्षक थापाले आफ्नो कार्यकालमा भएका कार्य प्रगतिबारे आज पत्रकारलाई जानकारी दिँदै प्रहरी कर्मचारीले आफ्नो ज्यानको बाजी थापेर पनि कोभिडका बेला जनताको सुरक्षामा खटिएर प्रशंसनीय कार्य गरेको स्मरण गर्नुभयो ।

“तत्कालीन समयमा प्रहरी सडकमा जाने की नजाने भन्ने भय थियो, मृत्युको डर सबैलाई हुन्छ, त्यो युनिफम लगाउँदा पनि हुन्छ”, उहाँले भन्नुभयो, “महामारीमा मर्न सक्ने सम्भावना हुँदाहुँदै पनि प्रहरी अक्सिजन प्लान्टको सुरक्षा, सिलिण्डर सङ्कलन, आफ्नै स्वास्थ्य निकाय परिचलन तथा आफ्नै कर्मचारी क्वारेन्टिनमा राख्नुपर्ने अवस्थामा पनि खटे त्यो काम चाहिँ नेपाल प्रहरीले गरेको अभूतपूर्व हो ।”

त्यसका अलावा अन्य प्रहरी सङ्गठनको सुधारका लागि विभिन्न कार्यक्रम भएका र तल्लो तहका कर्मचारीका हितमा धेरै काम भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरी नियमावली संशोधन एक ब्रेक थ्रो भएको उल्लेख गर्दै महानिरीक्षक थापाले तीन पद थपेर तल्लो तहका कर्मचारीको पक्षमा महत्वपूर्ण निर्णय भएको बताउनुभयो । सरकराले नियमावली संशोधन गरी वरिष्ठ प्रहरी नायब निरीक्षक, वरिष्ठ प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दारको पद थपेको छ ।

उक्त संशोधनसँगै करिब १५ हजार हाराहारीमा पद थप भएकाले त्यसमा बढुवा गर्ने कामसमेत सम्पन्न भएको उहाँले जानकारी गराउनुभयो । “त्यो प्रहरी कर्मचारीका लागि उत्प्रेरणा दिने हिसाबले हेर्दा राम्रो काम भएको छ”, महानिरीक्षक थापाले थप्नुभयो ।

यस्तै प्रहरी कार्यालय सहयोगी (भान्छा, मेस तथा बगैँचामा काम गर्ने) का पक्षमा पनि अभूतपूर्व काम भएको उहाँले बताउनुभयो । उनीहरू तीस वर्ष जागिर खाएर जाँदा पनि हैसियत समान हुन्थ्यो । उनीहरूलाई पाँचौँ तहसम्म बढुवा गर्न सक्ने र निवृत्त हुँदा जुनियर प्रहरी अधिकृत भएर जानसक्ने अवस्था भएको छ । यसका साथै सेवा निवृत्त हुँदा १२ वर्ष पुगेका मात्रै एक तह बढुवा हुन पाउने सुविधालाई सुधारेर आठ वर्षमा बढुवा हुने अवस्था बनाएको जानकारी दिनुभयो ।

बजेट अभाव हुँदाहुँदै पनि प्रहरीभित्र आर्थिक क्षेत्रमा केही राम्रा काम भएको उहाँको दाबी छ । धेरै वर्षदेखि रासनमा ३३ प्रतिशत वृद्धि गर्न प्रयास गरिए को तर त्यो सफल नभए पनि १५ प्रतिशत वृद्धि हुनु सकारात्मक भएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीका लागि जोखिम भत्ता रोकिएकोमा पुनः बाँड्न सक्ने अवस्थामा सिर्जना गरिएको र प्रहरी कर्मचारी पिटी जुत्तामा दौडिनेमा स्पोर्ट जुत्तामा दौडन सक्ने भएका पनि उहाँले सुनाउनुभयो ।

यसका अतिरिक्त आफ्नो कार्यकालमा २३ हजार जतिलाई बढुवा गरिएको, सङ्गठन व्यवस्थापनको नेतृत्व विकासका लागि व्याच नाघेर बढुवा गराउनका लागि आएको दबाब झेलेर ज्येष्ठता कायम गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।

सङ्गठनकै मूल्याङ्कन गर्दा ‘पुलिसिङको इन्डिकेटर’ हेर्ने हो भने मुख्य अपराधमा सफल अनुसन्धान गरिएको जानकारी दिनुभयो । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आफू आउनुभन्दा अघिका अपराध भए पनि अनुसन्धान निष्कर्षमा पु¥याउन गरिएको प्रयास भने सफल हुन नसकेको बताउनुभयो ।

उहाँले फरार अभियुक्त पक्राउ, लागुऔषधविरुद्धको अभियान, मुद्दा दर्तालगायत काममा २२ महिनामा देखिने गरी प्रतिशतमै वृद्धि भएको उहाँले दाबी गर्नुभयो । आफ्नो २२ महिने अवधिमा प्रहरीको कार्य प्रगतिमा एउटा प्रणालीमै लैजाने काम भएको बताउनुभयो । उहाँले प्रहरी सङ्गठन व्यवस्थापनको दीर्घकालीन खाकासमेत तयार पार्नुभएको छ ।

उहाँका अनुसार कोभिड नआइदिएको भए समुदाय प्रहरी साझेदारी कार्यक्रम थप प्रभावकारी हुने उल्लेख गर्नुभयो । आफ्नै कार्यकालमा १६ वर्षे पेन्सनको अवस्था ल्याउने योजना पनि सफल हुन नसकिएको भन्दै उहाँले दुःख पोख्नुभयो । आर्थिक प्रशासनका हिसाबले सबै हिसाबकिताबमा पारदर्शिता अपनाइएको र प्रहरीलाई कारबाही गर्नुपर्ने भन्ने दबाबलाई थेगेर राज्यले काम लगाएका अधिकृतलाई फौजदारी अभियोग लाग्नबाट जोगाएको उहाँले बताउनुभयो ।

उहाँको २२ महिने अवधिमा प्रहरी कार्यायोजना जारी, वार्षिक कार्यसम्पादन सम्झौता र अनुगमन प्रणालीको विकास गरिएको र विभिन्न कानुनी तथा नीतिगत सुधारात्मक कार्यक्रम भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानिरक्षिक थापाको कार्यकालमा फैसला कार्यान्वयन तथा अभियुक्त पक्राउको सङ्ख्यासमेत बढेको छ । प्राप्त विवरणअनुसार अदालतको फैसला कार्यान्वयनतर्फ १२ हजार ५६९ फरार मानिस पक्राउ गरिएको छ भने थाँती रहेका १९ हजार १८१ मुद्दा फछ्र्योट भएको छ ।

यस्तै रु छ अर्ब १० करोड राजस्व सङ्कलन गरिएको र लागुऔषधका मुद्दामा आठ हजार ८५७ मानिस पक्राउ गरी पाँच हजार ८४० मुद्दा दर्ता भएको जनाइएको छ । प्रहरी महानिरीक्षक थापा यही १८ गते ३० वर्षे सेवा अवधिकार कारण अवकास पाउँदै हुनुहुन्छ । त्यसको पूर्वसन्ध्यामा उहाँले आज पत्रकार भेटघाट आयोजना गरी कार्यप्रगति सुनाउनुभएको हो ।

बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.