काठमाडौँ । आज देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ८ सय १७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १८ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज २१ हजार १ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।