चितवन। शुक्रबार देखि जेठ २ गते सोमबारसम्म भरतपुर अस्पतालको आकस्मिक र अन्तरङ्ग सेवा बाहेकका अन्य सेवाहरु बन्द हुने भएको छ । वैशाख ३० गते स्थानीय निर्वाचन, जेठ १ गते देखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदाको कारण र जेठ २ गते बुद्धजयन्तीको कारण अस्पतालको बाह्य सेवाहरु बन्द रहने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलअनुसार आइतबारका दिन विस्तारित अस्पताल सेवा बिहान ९ः३० देखि दिउँसो १ः०० बजेसम्म सन्चालन हुनेछ । उक्त सेवाको लागि मेडिकल अधिकृतको परिक्षण शल्क रु ३०० र बिशेषज्ञ चिकित्सकको परिक्षण शुल्क रु ५०० रहेको छ ।
