काठमाडौं । सरकारले आगामी जुन महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरेको छ । सो उमेर समूहका बालबालिकालाई खोप दिन कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा २० लाख डोज खोप ल्याइनेछ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार आगामी जुनदेखि सो उमेर समूहका बालबालिकालाई खोप दिने तयारी गरिएको हो ।
उनले खोप आउने मिति यकिन नभए पनि जुन अगाडि नै पहिलो चरणको २० लाख डोज खोप ल्याइने बताए । सरकारले यो उमेर समूहका ४० लाख बालबालिकालाई दिन विभिन्न चरणमा गरी ८४ लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ ।