• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा गाउंँपालिका

  •  शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ ।

खजुरा गाउँपालिकाले वडा नं ३ मा १५ श्ययाको अर्को अस्पताल निर्माण गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै त्यसलाई अस्पतालका रुपमा निर्माण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले सङ्घीय सरकारको रु १८ करोड छ लाख लागतमा उक्त अस्पतालको भौतिक निर्माणको काम सञ्चालन गरेको छ । गाउँपालिकाले सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन हरसम्भव योजना बनाएर काम गर्दै आएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा खजुरा गाउँपालिकाले स्वास्थ्य सेवाका लागि रु ८१ लाख दुई हजार बजेट र नागरिक आरोग्य केन्द्रका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । त्यसअनुसार पालिकामा काम भइरहेको छ ।

हाल गाउँपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र रहेका छन् । प्रत्येक वडामा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य पूरा गरेको गाउँपालिकाले वडास्तरबाटै जनताको स्वास्थ्यमा पहुँच बढाएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।

उहाँका अनुसार हाल गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्र गरी आठ स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थालाई गाउँपालिकाको स्वास्थ्य शाखाले नियमित अनुगमन गर्ने गरेको छ ।

“वडामा रहेका स्वास्थ्यचौकीमा आउने समस्यालाई वडाबाटै समस्याको समाधान गर्न उहाँहरुलाई सिकाउने गर्दछौँ, त्यसपछिका समस्यालाई स्वास्थ्य शाखा र पालिकासम्म समन्वय गरेर समस्याको समाधान गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “जहाँ जनशक्तिको अभाव हुन्छ, त्यहाँ नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गरेर काम गर्छौं ।”

गाउँपालिकाले निरन्तरता दिएको सबैभन्दा महत्वपूर्ण योजना स्वास्थ्य शिविर हो । प्रत्येक वर्ष पालिकाले प्रत्येक वडामा विभिन्न किसिमका स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा विशेषज्ञ चिकित्सकसहितको टोलीसहित वडामा पुगेर पालिकाका सबै नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ ।

शाखा प्रमुख पौडेलका अनुसार गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत वार्षिकरुपमा विशेषज्ञ चिकित्सक टोलीका साथ सबै वडामा स्वास्थ्य जाँच गर्ने शिविर रहेको छ । पहिलो दुई वर्ष नियमित सञ्चालन भएको शिविर कोरोनाका कारण दुई वर्ष केही प्रभावित भए पनि फेरि शिविरलाई निरन्तरता दिइएको छ ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाएका ज्येष्ठ नागरिकलाई शिविरमा विशेष प्राथमिकता दिएको छ । विभिन्न कारणले टाढा गएर जाँच गर्न नसक्ने अवस्था भएको हुँदा चिकित्सको टोलीसहित जाँच गर्ने र आवश्यक परामर्श दिने काम शिविरमा हुने गरेको पौडेलले बताउनुभयो ।

गाउँपालिकाले दुई वर्षदेखि सुत्केरीसँग स्वास्थ्यकर्मी योजना सञ्चालन गर्दै आएको छ । त्यसमा स्वास्थ्य संस्थाबाट सुत्केरी गराएका आमा र बच्चाको हेरचाहका लागि स्वास्थ्यकर्मी घरदैलोमा पुग्ने गरेका छन् । मातृशिशु दर कम गर्न र आमा तथा बच्चाको स्वास्थ्य अवस्था बुझ्न सञ्चालन गरिएको यो योजना धेरै प्रभावकारी देखिएको छ ।

सुत्केरीसँग स्वास्थ्यकर्मी योजनाअनुसार सम्बन्धित संस्थाका नर्सिङ कर्मचारीबाट सुत्केरी भएको तीन र सातौँ दिनमा बच्चा तथा आमाको अवस्था जाँच गर्ने गरिएको छ । दुई वर्षमा पालिकाले एक हजार २४३ सुत्केरी आमालाई सेवा दिइसकेको छ ।

गाउँपालिकाले नेपाल सरकारको वार्षिक कार्यानुसार ९६ प्रतिशत काम सम्पन्न गरेको पाइएको छ । मातृशिशु, सुत्केरी सेवा, हात्तिपाइले, कोभिड एवं निमित खोप, पोषणका कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखाले नियमित सञ्चालन गरिरहेको छ ।

शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.