• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १६ मिनेट 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • ३४ मिनेट 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • २ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • ४ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • ५ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • ६ घण्टा 

लागूऔषधसहित पक्राउ
  • ७ घण्टा 

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’
  • ७ घण्टा 

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ५. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ६. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ७. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • ८. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ९. पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

  • १०. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

  •  बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

फिजीमा एचआइभी सङ्क्रमण तीव्र रूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागुऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम बढेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले तत्काल समन्वित कदम चाल्ने जनाएको छ ।

स्वास्थ्य मन्त्री एटोनियो लालाबालुले महामारीको गम्भीरता र तत्काल आवश्यक प्रतिक्रियालाई ध्यानमा राखेर राष्ट्रिय एचआइभी आपत्काल घोषणा गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०२५ मा दुई हजार १६ नयाँ एचआइभी सङ्क्रमित पहिचान भएका थिए । यो आँकडा सन् २०१९ को तुलनामा १६ गुणा बढी हो । सरकारका अनुसार अहिले फिजीमा करिब ६० वयस्कमध्ये एक जनामा एचआइभी सङ्क्रमण रहेको अनुमान छ । पाँच वर्षअघि यो अनुपात १६७ जनामा एक थियो ।

प्रत्येक एक सय गर्भवतीमध्ये दुई जनामा एचआइभी सङ्क्रमण देखिएको थियो । सन् २०२५ मा एचआइभी सङ्क्रमणसहित जन्मिएका ५९ शिशुमध्ये १८ जनाको एक वर्षको उमेर नपुग्दै मृत्यु भएको सरकारले जनाएको छ । सरकारले निःशुल्क एचआइभी परीक्षण, रोकथाम र उपचार सेवा विस्तार गरिरहेको छ । उच्च जोखिममा रहेका व्यक्तिका लागि रोकथाम औषधि, लागुऔषध सुईमार्फत प्रयोग गर्नेहरूका लागि हानि न्यूनीकरण कार्यक्रम तथा सङ्क्रमितका लागि निःशुल्क उपचार उपलब्ध गराइने बताइएको छ । यसका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, ग्लोबल फन्ड र संयुक्त राष्ट्रसङ्घबाट सहयोग प्राप्त भइरहेको छ ।

युएनएड्सका अनुसार सङ्क्रमणको माध्यम पहिचान भएका मामिलामध्ये आधाभन्दा बढी यौन सम्पर्कसँग र ४२ प्रतिशतभन्दा बढी सुईमार्फत लागुऔषध प्रयोगसँग सम्बन्धित छन् । संस्थाले फिजीले सुई तथा सिरिन्ज कार्यक्रमका लागि कानूनी व्यवस्था गर्न लागेकोमा स्वागत गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि युएनएड्सका निर्देशक इमोन मर्फीले फिजीसँग महामारीको दिशा परिवर्तन गर्ने अवसर अझै रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सहयोगले फिजीको राष्ट्रिय प्रयासलाई थप प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।

फिजीलगायत प्रशान्त टापुहरू एसिया र ल्याटिन अमेरिकाबाट अस्ट्रेलिया तथा न्युजिल्यान्डतर्फ लैजाने लागुऔषधको पारवहन केन्द्रका रूपमा प्रयोग हुँदै आएका छन् । कोभिड–१९ महामारीपछि मेथाम्फेटामाइन र कोकिनजस्ता लागुऔषधको प्रवाह बढेको र विदेशी आपराधिक समूहले स्थानीय सहयोगीलाई पारिश्रमिकका रूपमा लागुऔषध दिने क्रमले स्थानीय बजारमा समेत यसको पहुँच बढाएको बताइएको छ।रासस

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

ताजा

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.