• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, मङि्सर ११, २०८३
बिहिबार, मङि्सर ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
  • ५ घण्टा 

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
  • ५ घण्टा 

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
  • ६ घण्टा 

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त
  • ६ घण्टा 

जोर्नी प्रत्यारोपणपछि बिरामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
  • ६ घण्टा 

लागुऔषधसहित २७ जना पक्राउ
  • ६ घण्टा 

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
  • ९ घण्टा 

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • ९ घण्टा 

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

  • २. एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  • ३. स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  • ४. प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

  • ५. नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • ६. मेडिकल विद्यार्थी प्रमेश कँडेलको साहित्यिक कृति ‘सोलफुल साइलेन्स’

  • ७. रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

  • ८. लागुऔषधसहित १७ जना पक्राउ

  • ९. औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • १०. कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

लागुऔषधसहित १७ जना पक्राउ

  •  शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

काठमाडौँ । झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा एक ग्राम ३३० मिलिग्राम उक्त पदार्थ र नगद रु १५ हजार तथा डिक बहादुरको कोठा तलासी १४० मिलिग्राम उक्त पदार्थ र नगद रु १२ हजार फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो । यसैगरी, झापा शिवसताक्षी नगरपालिका–२ मङ्गलबारेबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७३० मिलिग्रामसहित दमक नगरपालिका–७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीचौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका–८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुलसहित सोही महानगरपालिका–५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै, कास्की, पोखरा महानगरपालिका–१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–३ घर भएका ३० वर्षीय महेश गुरुङसमेत दुई जनालाई अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्राम २०० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ११ ट्याब्लेटसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी, कास्की, पोखरा महानगरपालिका–२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्रीसमेत चार जनालाई अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ७०० ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका–५ टीकाथलीबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब सात ग्राम ३१० मिलिग्राम र नगद रु १८ हजार ९५० सहित तीन जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौँ बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–६ घर भएका ३२ वर्षीय पुर्ण शङ्कर गिरी रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका–९ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका–५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ आठ ग्राम ६५० मिलिग्रामसहित उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका–१ सिमरपानीबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३२९ एम्पुल, बुप्रेनोर्फिन ३३६ एम्पुल र प्रोमेथाजाइन ३३७ एम्पुलसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदीप केवट रहेका छन् । लगुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।रासस

शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

लोकप्रिय

दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

ताजा

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.