- सुर्खेत । मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान)को अध्यक्षमा चौथोपटक कृष्ण रिजाल निर्विरोध निर्वाचित भएका छन् ।मेलानको पाँचौं राष्ट्रिय सम्मेलनबाट रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक गुणनिधी खनालले जानकारी दिनुभयो।
खनालका अनुसार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शंकर पौडेल तथा उपाध्यक्षहरुमा रमेश खड्का, सुर्य पोखरेल र दयाराम पंगालीलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा रेशम अधिकारी, कोषाध्यक्षमा गोपाल थापा तथा सचिव पदमा रोशन परियार र रुद्रबहादुर कार्कीलाई चयन गरिएको छ । त्यसैगरी केन्द्रीय कार्यसमिति सदस्यमा महिला क्लष्टरबाट सम्झना श्रेष्ठ, तिब्रता शर्मा र बिमला शर्मा न्यौपानेलाई चयन गरिएको छ ।
कार्यसमिति सदस्यमा कोशी प्रदेशबाट अंशु ठाकुर कुलदिप चौरी र लोकनाथ पौडेल, मधेश प्रदेशबाट विजयकुमार यादव र सुमितकुमार पाण्डे, बागमती प्रदेशबाट मणिराम महतो, पुस्कर सत्याल, शंकर शाही र रोहित राना मगरलाई चयन गरिएको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट नारायण पौडेल, प्रेमकुमार क्षेत्री र केशव ज्ञवाली, गण्डकीबाट काशिराम सुवेदी, कर्णालीबाट भुवन भारती र पुर्णप्रसाद गैरे, सुदुरपश्चिमबाट सर्जनबहादुर शाहीलाई चयन गरिएको छ ।
