• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, मङि्सर ११, २०८३
बिहिबार, मङि्सर ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
  • ५ घण्टा 

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
  • ५ घण्टा 

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
  • ६ घण्टा 

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त
  • ६ घण्टा 

जोर्नी प्रत्यारोपणपछि बिरामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
  • ६ घण्टा 

लागुऔषधसहित २७ जना पक्राउ
  • ६ घण्टा 

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
  • ९ घण्टा 

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • ९ घण्टा 

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

  • २. एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  • ३. स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  • ४. प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

  • ५. नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • ६. मेडिकल विद्यार्थी प्रमेश कँडेलको साहित्यिक कृति ‘सोलफुल साइलेन्स’

  • ७. रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

  • ८. लागुऔषधसहित १७ जना पक्राउ

  • ९. औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • १०. कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  •  आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित

राष्ट्रिय मुटु तथा फोक्सो समाज एक प्रतिष्ठित सामाजिक स्वास्थ्य संस्था हो । नेपालका मुटु तथा फोक्सो रोगका विशेषज्ञहरूले वि.सं. २०७४ साल जेठ २ गतेका दिन केन्द्रीय कार्यालय काठमाडौं रहने गरी स्थापना गरेका हुन् । संस्थाको पहिलो अध्यक्षको रूपमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मी र महासचिवका रूपमा डा. कौशल किशोर तिवारीले नेतृत्व गर्नुभएको थियो । दोस्रो कार्यकाल प्रा.डा. मणिप्रसाद गौतमपछि संस्थाको तेस्रो अध्यक्षको रूपमा डा. शंकर लौडारीले नेतृत्व गर्नुभएको थियो भने हालै भैरहवामा सम्पन्न संस्थाको चौथो महाधिवेशनबाट प्रा.डा. सुधीर रेग्मी अध्यक्षमा चयन हुनुभएको छ ।

राष्ट्रिय मुटु तथा फोक्सो समाज विभिन्न कार्यक्रमसहित राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको छ । आगामी कार्यकालको लागि वरिष्ठ मुटु शल्य चिकित्सक (विशेषज्ञ) डा. कौशल किशोर तिवारीलाई इलेक्ट प्रेसिडेन्टको रूपमा चयनसमेत गरिएको छ । हालसम्म यस संस्थाले फरक–फरक विषयमा ४ वटा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका प्रसिद्ध चिकित्सकहरूले वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।

आम नागरिकलाई विशेष सन्देश

विश्वभर तथा नेपालमा नसर्ने रोगहरू, विशेषगरी मुटु तथा फोक्सोसम्बन्धी रोगहरू मृत्यु र अशक्तताका प्रमुख कारणका रूपमा रहेका छन् । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेह, उच्च रक्तचाप र वायु प्रदूषणका कारण यस्ता रोगहरूको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ ।

यस सन्दर्भमा राष्ट्रिय मुटु तथा फोक्सो समाजले आम नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन र मुटु तथा फोक्सोसम्बन्धी रोगबाट बच्न निम्न कुराहरूमा विशेष ध्यान दिन आग्रह गरेको छ । छबुँदे आग्रहमा भनिएको छ,

१. मुटुको स्वास्थ्य सुरक्षित राख्न नियमित रूपमा रक्तचाप, रगतमा चिनी (सुगर) र कोलेस्ट्रोल परीक्षण गरौँ ।

२. छाती दुख्ने, सास फेर्न गाह्रो हुने, असामान्य रूपमा पसिना आउने वा अचानक बेहोस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाऔँ । यस्ता लक्षणलाई बेवास्ता नगरौँ ।

३. धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन पूर्ण रूपमा त्यागौँ ।

४. दैनिक शारीरिक व्यायाम तथा सक्रियतालाई जीवनशैलीको अभिन्न हिस्सा बनाऔँ र सन्तुलित एवं स्वस्थ खानपान अपनाऔँ ।

५. चिकित्सकको सल्लाहबिना मुटु तथा फोक्सोसम्बन्धी औषधि आफैँ सुरु गर्ने, मात्रा परिवर्तन गर्ने वा बन्द गर्ने नगरौँ ।

६. नियमित स्वास्थ्य परीक्षण गरौँ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन रोकथाम र प्रारम्भिक पहिचानमा विशेष ध्यान दिऔँ ।

नेपाल सरकारलाई विशेष आग्रह

मुटु तथा फोक्सोसम्बन्धी रोगको नियन्त्रणका लागि उपचारात्मक सेवामा मात्र लगानी गरेर पर्याप्त हुँदैन । रोगको रोकथाम, प्रारम्भिक पहिचान, जनचेतना अभिवृद्धि तथा प्रभावकारी उपचार सेवाको विस्तारमा पनि समान प्राथमिकताका साथ लगानी गर्न आवश्यक छ । यसका लागि राष्ट्रिय मुटु तथा फोक्सो समाजले नेपाल सरकारसँग निम्न विषयहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिमा उच्च प्राथमिकता दिन विशेष आग्रह गरेको छ ।

१. मुटु तथा फोक्सोसम्बन्धी रोगहरूको रोकथाम, नियन्त्रण र उपचारका लागि छुट्टै राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गरियोस् ।

२. प्राथमिक स्वास्थ्य केन्द्रदेखि विशिष्टीकृत अस्पतालसम्म आवश्यक परीक्षण, निदान तथा उपचार सेवाको पहुँच र गुणस्तर विस्तार गरियोस् ।

३. आकस्मिक हृदयाघातका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन राष्ट्रियस्तरमा ‘एसटीईएमआई नेटवर्क’ (STEMI Network) स्थापना तथा विस्तार गरियोस् ।

४. स्वास्थ्य बीमा कार्यक्रम तथा विपन्न नागरिक उपचार कार्यक्रमलाई थप प्रभावकारी, सहज र सर्वसुलभ बनाइयोस् ।

५. मुटु तथा फोक्सोसम्बन्धी रोगको अनुसन्धान, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र आधुनिक स्वास्थ्य प्रविधिको विकास तथा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरियोस् ।

६. राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपाल जस्ता विशेषज्ञ संस्थाहरूलाई राष्ट्रिय स्वास्थ्य नीति निर्माण, योजना तर्जुमा तथा कार्यान्वयनमा सक्रिय साझेदारका रूपमा सहभागी गराइयोस् ।

संस्थाको स्पष्ट धारणा राख्दै निष्कर्षमा भनिएको छ, “मुटु तथा फोक्सोसम्बन्धी रोगको प्रभावकारी नियन्त्रणका लागि उपचारसँगै रोकथाम, प्रारम्भिक पहिचान, जनचेतना र स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता हो । स्वस्थ नागरिक, स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणका लागि सरकार, स्वास्थ्यकर्मी, विशेषज्ञ संस्था तथा आम नागरिक सबैको साझा प्रयास अपरिहार्य छ ।”

राष्ट्रिय हृदय तथा फोक्सो समाज (NHLS), नेपालको चौथो अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ को १८ बुँदे घोषणा

१. राष्ट्रिय स्वास्थ्य प्राथमिकता : नेपालमा मुटु तथा फोक्सोसम्बन्धी रोगहरूको बढ्दो भारलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्दछौँ ।

२. रोगको प्रारम्भिक पहिचान : उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना, मुटुको बाथरोग (Rheumatic Heart Disease), जन्मजात मुटुरोग तथा फोक्सोका दीर्घरोगको समयमै पहिचानका लागि राष्ट्रिय स्तरमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने ।

३. जनचेतना अभियान : मुटुरोग र फोक्सोका रोगका लक्षण, जोखिमका कारण, रोकथाम र समयमै उपचारको महत्वबारे विद्यालय, समुदाय तथा सञ्चारमाध्यममार्फत व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने ।

४. मुटुरोगको आकस्मिक उपचार : हृदयाघात (Heart Attack) भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन STEMI Network, प्राथमिक एन्जियोप्लास्टी सेवा, एम्बुलेन्स तथा आकस्मिक उपचार प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्ने ।

५. विशेषज्ञ सेवाको विकेन्द्रीकरण : ECG, Echocardiography, Cath Lab, Pacemaker, ICU, Pulmonary Function Test तथा अन्य आधुनिक उपचार सेवाहरू काठमाडौंमा मात्र सीमित नराखी प्रदेश र जिल्ला तहसम्म विस्तार गर्नुपर्ने ।

६. स्वास्थ्य बीमा तथा आर्थिक सहुलियत : मुटु तथा फोक्सोका बिरामीलाई आवश्यक पर्ने जीवनरक्षक औषधि, स्टेन्ट, पेसमेकर, अक्सिजन थेरापी तथा अन्य जटिल उपचारलाई स्वास्थ्य बीमाको प्रभावकारी दायरामा समेट्नुपर्ने ।

७. बाथमुटुरोग नियन्त्रण : बालबालिका तथा किशोरकिशोरीमा देखिने Rheumatic Heart Disease को पहिचान, रोकथाम, नियमित उपचार तथा विद्यालयस्तरीय स्क्रिनिङ कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने ।

८. जन्मजात मुटुरोगको उपचार : नवजात शिशु तथा बालबालिकामा जन्मजात मुटुरोगको प्रारम्भिक पहिचान, Echocardiographic Screening तथा आवश्यक उपचारका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने ।

९. फोक्सोको स्वास्थ्य संरक्षण : COPD, दम (Asthma), क्षयरोग, फोक्सोको क्यान्सर तथा अन्य दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान, उपचार र पुनर्स्थापनामा विशेष जोड दिनुपर्ने ।

१०. वायु प्रदूषण नियन्त्रण : नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा बढ्दो वायु प्रदूषण, धुलो, धुवाँ तथा घरभित्रको प्रदूषण नियन्त्रणका लागि प्रभावकारी वातावरणीय नीति कार्यान्वयन गर्नुपर्ने ।

११. सुर्तीजन्य पदार्थ नियन्त्रण : धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण, सार्वजनिक स्थानमा धूमपान निषेध र युवापुस्तालाई यसको हानिबारे सचेत गराउने अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने ।

१२. स्वस्थ जीवनशैली प्रवद्र्धन : नियमित शारीरिक व्यायाम, सन्तुलित भोजन, नुन तथा चिनीको सीमित प्रयोग, स्वस्थ तौल कायम राख्ने बानी र मदिरा तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने संस्कृतिको विकास गर्नुपर्ने ।

१३. अनुसन्धान र तथ्याङ्क संकलन : नेपालमा मुटु तथा फोक्सोसम्बन्धी रोगको वास्तविक अवस्था, जोखिमका कारण, उपचारको परिणाम र मृत्युदर पहिचान गर्न राष्ट्रिय रजिस्ट्री तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्नुपर्ने ।

१४. दक्ष जनशक्ति उत्पादन : मुटु तथा फोक्सो रोग विशेषज्ञ, इन्टरभेन्सनल कार्डियोलोजिस्ट, पल्मोनोलोजिस्ट, कार्डियाक सर्जन, नर्स तथा अन्य प्राविधिक जनशक्तिको उत्पादन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने ।

१५. आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) : आधुनिक निदान प्रविधि, डिजिटल हेल्थ, टेलिमेडिसिन तथा Artificial Intelligence को सुरक्षित र प्रमाणमा आधारित प्रयोगलाई स्वास्थ्य सेवामा प्रोत्साहन गर्नुपर्ने ।

१६. अन्तर्राष्ट्रिय सहकार्य : विश्वका प्रतिष्ठित हृदय तथा फोक्सोसम्बन्धी संस्थाहरूसँग वैज्ञानिक, शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार गरी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय ज्ञान र प्रविधिसँग जोड्नुपर्ने ।

१७. NHLS को प्रतिबद्धता : राष्ट्रिय हृदय तथा फोक्सो समाजले नियमित CME, भौतिक तथा भर्चुअल वैज्ञानिक कार्यक्रम, वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान, प्रकाशन तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।

१८. सरकारसँग सहकार्य र नीतिगत पहल : मुटु तथा फोक्सोसम्बन्धी रोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा आर्थिक पहुँच सुनिश्चित गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र सम्बन्धित निकायसँग नीतिगत तथा प्राविधिक सहकार्य गर्न समाज प्रतिबद्ध छ ।

आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

लोकप्रिय

दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

ताजा

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.