• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, मङि्सर ११, २०८३
बिहिबार, मङि्सर ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
  • ५ घण्टा 

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
  • ५ घण्टा 

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
  • ६ घण्टा 

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त
  • ६ घण्टा 

जोर्नी प्रत्यारोपणपछि बिरामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
  • ६ घण्टा 

लागुऔषधसहित २७ जना पक्राउ
  • ६ घण्टा 

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
  • ९ घण्टा 

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • ९ घण्टा 

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

  • २. एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  • ३. स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  • ४. प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

  • ५. नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • ६. मेडिकल विद्यार्थी प्रमेश कँडेलको साहित्यिक कृति ‘सोलफुल साइलेन्स’

  • ७. रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

  • ८. लागुऔषधसहित १७ जना पक्राउ

  • ९. औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • १०. कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  •  शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताउनुभएको छ ।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ को अवसरमा आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने बताउनुभएको हो । उहाँले यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती बनेको छ ।” कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गर्नुभयो । यस अध्ययनले अस्पतालहरूमा औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्याङ्क सङ्कलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै सर्वेक्षणले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान: प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।रासस

शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

लोकप्रिय

दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

ताजा

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.