• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, मङि्सर ११, २०८३
बिहिबार, मङि्सर ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
  • ५ घण्टा 

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
  • ५ घण्टा 

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
  • ६ घण्टा 

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त
  • ६ घण्टा 

जोर्नी प्रत्यारोपणपछि बिरामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
  • ६ घण्टा 

लागुऔषधसहित २७ जना पक्राउ
  • ६ घण्टा 

सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
  • ९ घण्टा 

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
  • ९ घण्टा 

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

  • २. एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  • ३. स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

  • ४. प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

  • ५. नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • ६. मेडिकल विद्यार्थी प्रमेश कँडेलको साहित्यिक कृति ‘सोलफुल साइलेन्स’

  • ७. रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

  • ८. लागुऔषधसहित १७ जना पक्राउ

  • ९. औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • १०. कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  •  मङ्गलबार, मङि्सर ०९, २०८३ मा प्रकाशित

काठमाडौँ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ । उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित हुनु अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले उक्त निर्देशन दिएको हो ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट प्रयोग हुँदै आएको छ । उक्त पदार्थको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक छ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायतका मान्यताप्राप्त फार्माकोपियामा तोकिएका मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

विभागले निर्धारित मापदण्डअनुसार गुणस्तर कायम भएको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन औषधि उद्योग तथा सरोकारवालालाई सोमबार सूचित गरेको हो । सो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ । साथै, विभागीय निर्णयअनुसार यस विषयमा सम्बन्धित सबैलाई जानकारी गराइएको सूचनामा उल्लेख छ । यसैबीच विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजारमा उपलब्धताका बारेमा जानकारी गराएको छ ।

जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्न तथा बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधिको बजार उपलब्धताबारे जानकारी गराएको हो । विभागका अनुसार पछिल्लो समय प्लाटिनम समूहका सिस्प्लाटिन कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायतका औषधि उपलब्ध नभएको वा न्यून रहेको जानकारीपछि ती औषधि सहज रूपमा उपलब्ध हुने फर्म तथा वितरकको विवरण सार्वजनिक गरिएको हो ।

विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राखी नियमित बजार उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ । यसैबीच दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पिएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध रहेको विभागको अनलाइन सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ । विभागले अनलाइनमार्फत प्रदान गर्दै आएका दर्तालगायतका सेवा आजैदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी पनि सोमबार प्रकाशित सूचनामा उल्लेख छ।रासस

मङ्गलबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला
मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

लोकप्रिय

दीर्घरोगमा औषधिसँगै खानपान पनि महत्वपूर्ण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य क्षेत्रमा मुटु तथा फोक्सो समाजको भूमिका

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

ताजा

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

मेलानको अध्यक्षमा कृष्ण रिजाल निर्विरोध

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

क्यान्सर अस्पतालको उपनिर्देशकमा डा. साह नियुक्त

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.