• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

निद्रालाई लिएर किन चिन्तित छ विश्व ? मानिस कम सुत्दा देशको अर्थतन्त्रमा ४ खर्ब डलरसम्म क्षति !

  •  बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित

काठमाडौं । कामै नहुँदा पनि गर्न अनेक चिज हुन्छ । जागिर खानै पर्यो । जागिर नगर्ने (विशेषतः महिला) लाई घर र बच्चा बच्चीको चटारो हुन्छ । जागिर खानेलाई पनि कहाँ सुख छ र ? श्रीमान/ श्रीमति दुबै जागिरमा व्यस्त हुनेको त आफ्नै लागि समेत दिनमा केही मिनेट निकाल्न गाह्रो छ ।

कहिलेकाँही साथी भाई इष्टमित्रसँगको भेटघाट । अनि कहिले काँही घुमफिर । अपर्झट आइपर्ने प्रविधि त झन् जीवनको अभिन्न हिस्सा भइहाल्यो । मोबाइल, टिभी । फेसबुक, ट्विटर अनि टिकटक जस्ता सामाजिक सञ्जालहरु । युट्यूब, नेटफ्लिक्स के – के हो के – के । हाम्रो समय अनि फुर्सद खाइदिने कुरा गनेर साध्य छैन ।

तीव्र गतिमा दौडिरहेको जिन्दगीले कहिले काँही आफू मिलमाथि नै दौडिरहेको छु कि भन्ने भान हुन्छ । सधैं केही गरौं, केही भेटौं, केही पाऔं भन्ने यो दौडमा एउटा चिज निरन्तर घटिरहेको छ । त्यो हो – हाम्रो निद्रा । सुतेर बिहान उठ्दा थकान महसुस भइरहन्छ । तपाई हामी आफ्नै साथीभाइ अनि आफैंलाई सोध्नुहोस् त कस्तो महसुस गरिरहनु भएको छ ? अधिकांशले ‘कस्तो थाकेको महसुस भइरहेको छ’, भन्छन् ।

निद्राको कमीबारे विश्वभर चिन्ता व्यक्त भइरहेको छ । निद्रा घट्दा अमेरिकी अर्थतन्त्रले वर्षेनी झन्डै ४ खर्ब डलर गुमाइरहेको एउटा अध्ययनले नै देखाएको थियो । सन् १९४० को दशकमा मानिसहरु हरेक रात औसत ८ घन्टाभन्दा अलि बढी सुत्थे । आधुनिक युगमा हाम्रो निद्रा घटेर ६ दशमलव ७/ ८ घन्टा भएको छ । ७० वर्षको अवधिमा निद्रा झन्डै २० प्रतिशतले घटेको छ । मानिस कति घन्टा सुत्नु पर्छ भन्ने कुरामा विवाद छ ।

वनमान्छे ९ देखि १६ घन्टा सुत्थे । मानिसहरु २४ घन्टामा १० दशमलव ३ घन्टा सुत्नु पर्छ भन्छन्, युनिभर्सिटी अफ टोरन्टोको सह–प्राध्यापक डेबडि स्यामसन । तर हामी औसत ६/७ घन्टा सुत्छौं । गहिरो निद्राको धेरै पाइदा छन् । यसले हाम्रो स्मरणशक्ति बलियो बनाउँछ । अनि भावनाहरुमा काबु गर्न पनि मद्दत गर्ने स्यामसनको भनाइ छ । मानिसहरु ठूला बाँदरको भन्दा कम सुते पनि गहिरो निद्रा धेरै भएको उनी बताउँछन् ।

यो परिवर्तन हाम्रा पुर्खाहरु रुखबाट ओर्लेर जमीनमा बस्न थालेपछि १८ लाख वर्ष भएको हो । त्यति बेला कम निदाउँदा अन्य काम गर्नको लागि पर्याप्त समय निस्कियो । हाम्रो पूर्खाहरुको निद्राको प्रवृत्तिबारे बुझ्न स्यामसनले तान्जानियामा एक जनजातिका मानिसहरुको पाखुरामा फिटबिट मनिटर बाँधेका थिए । उनीहरुमध्ये अधिकांश राति र दिउँसो समेत गरेर ७ घन्टा जति सुत्थे ।

निदाउन कुनै समस्या छ त भनेर स्यामसनले सोध्दा उनीहरुको जवाफ छैन भन्ने थियो । उनले म्याडगास्करका किसानहरुको पनि अध्ययन गरेका थिए । उनीहरु पनि अधिकांश सात घन्टा नै सुत्थे । तर त्यहाँ भने करीब ६० प्रतिशतलाई निद्रामा समस्या थियो ।

औद्योगिकीरणले मानिसकोे निद्रामा असर पारेको छ । हामी अहिले जसरी सूत्छौं मानिसहरु पहिलेदेखि यस्तरी नै सुत्थे । अर्थात् एक पटकमै निद्रा पुरा हुन्थ्यो । तर अध्ययनले अन्य कुरा पनि प्रकाशमा पारेको छ । सुतेपछि झपक्क निदाउने अनि बीच बीचमा ब्यूँझने । अनि मनमै कुरा खेलाइरहने,सपना वा अन्य केही चिजबारे विचार गर्ने । अध्ययनका क्रममा अमेरिकाको भर्जिनिया टेकका इतिहासका प्राध्यापक रोजर इकर्चले पटक पटक ब्यूझिएर पूरा गरिने निद्राबारे कयौं कुरा फेला परे ।

चाल्र्स डिकेन्सदेखि टोलस्टोयसम्म यूरोपका लगभग सबै उपन्यासकारले निद्राको यो प्रवृत्तिको उल्लेख गरेका छन् । यसरी सुत्दा थकाई मर्दैन । बिमारी र वातावरणसँग सम्बन्धित समस्याका कारण यसरी निद्रा टुक्रिने समस्या पूरा नभएको पनि पाइयो । १९ औं शताब्दीमा निद्रा अलि राम्रो बन्यो । मान्छेको बानी फेरियो । औद्योगिक क्रान्तिसँग धन जत्तिकै समय पनि मूल्यवान बन्यो। कार्य क्षमता र उत्पादनलाई महत्व दिन थालियो ।

छिटै उठ्ने अभियान नै चलाइयो । निद्रा ब्यूझाउने घन्टी बनाइयो । अन्य कयौं तरिका पनि अपनाइयो । अहिलेको युगमा हाम्रो निद्रा बिगार्ने कयौं कुरा छ । कफी, चिया, रक्सी । अर्को समस्या सेन्ट्रल हिटिङ र सेन्ट्रल एयरकन्डिशनिङ पनि हो । प्रविधिको असर पनि उत्तिकै छ । कृत्रिम बत्ती, सबै उपकरणहरु । यो मध्ये एउटा निलो प्रकाश उत्पन्न गराउने एलईडी स्क्रिन पनि हो । यो निलो प्रकाशले रातिको समयमा मेलाटोनिन नामक प्रोटिन निस्कनमा रोक लगाउँछ । यो प्रोटिनले हामीलाई कति बेला सुत्ने भन्ने संकेत दिन्छ ।

कहिले काँही सकेको भन्दा धेरै दुःख गरेर आर्थिक र सामाजिक हैसियत सुधार्नु पर्ने दबाब पनि हुन्छ । दैनिक सात घन्टाभन्दा कम सुत्दाको असर स्वास्थ्यमा देखिन थाल्ने युनिभर्सिटी अफ क्यालिफोनिर्याका प्राध्यापक म्याथ्यू वाकर बताउँछन् । क्यान्सर, मोटापन, मधुमेह, व्यग्रता, डिप्रेशन, आत्महत्याको प्रवृत्ति जस्ता पछिल्लो समय मानिसको ज्यान लिने हरेक ठूला बिरामी निद्राको कमीसँग प्रत्यक्ष र मजबूत सम्बन्ध रहेको वाकरको भनाइ छ ।

आफू – आफूमाझ सर्वेक्षण गर्ने हो भने पनि बढी सुत्न चाहन्छु भन्नेको संख्या आधाभन्दा धेरै भेटिन्छ । सन् १९८० को दशकमा यस्तो बताउनेको संख्या ३० प्रतिशत पनि थिएन । त्यतिबेलाको भन्दा अहिलेको मानिसहरु कम सुत्ने भएकोले पनि यस्तो भएको हो । अहिले हाम्रो निद्रासँग सपना पनि गायब भइरहेको छ । रातै नपरोस्, सुन्तै नपरे नि हुन्थ्यो भन्नेहरु पनि भेटिन्छन् । अमेरिकी सेनामा निद्रा भगाउन कफि र औषधिहरुको प्रयोग गरिन्छ । निद्राको कुनै मतलब नै हुन्नथ्यो भने मानव विकास क्रमको यो सबैभन्दा ठूलो गल्ती हुन्थ्यो होला ।

कम समय सुत्न चाहनेहरुले गहिरो निद्रा बढाउनै पर्छ । ध्यानले मानिसहरुलाई छिटै गहिरो निद्राको अवस्थामा लैजान सक्छ भनेर केही अनुसन्धानले देखाएको छ । निद्रालाई राम्रो बनाउने तरिकाहरु पनि छन् । अब फेरि कुरा गरौं, थकान र हाम्रो निद्राबीचको सम्बन्ध बारे । हामीसँग दिनभरमा २४ घन्टा छन् । गर्नका लागि अनगिन्ति चिज छन् ।

अनि के मा समय घटाउने ? निद्रा माया मार्ने ? हामी सधैं अरु कुराको लागि आफ्नो निद्रा बलिदान दिन्छौं । प्रविधि र सामाजिक परिवर्तनका कारण पनि हाम्रो पारम्परिक तरिका र निदाउने समयमा असर भएको छ । यसको प्रभाव हाम्रो शरीर, थकानमा देखिन्छ । त्यसैले शरीरलाई आराम दिनु अनि पर्याप्त निदाउनु पनि जरुरी छ । एजेन्सीहरुको सहयोगमा

बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.