• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ११ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १२ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १२ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १२ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १२ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १४ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १५ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १८ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

  • १०. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता

  •  सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतको गुजरातमा आयोजना गरेको परम्परागत चिकित्सासम्बन्धी डब्लुएचओ विश्वव्यापी सिखर सम्मेलन, क्षयरोगसम्बन्धी सम्मेलन र ‘वान हेल्थ वान अर्थ’सम्बन्धी प्रदर्शनीमा सहभागी भई जनाइ मन्त्री बस्नेत आज नेपाल फर्किनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतका स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया नेतृत्वको टोली र नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको जानकारी दिनुभयो । वार्तामा नेपालका विभिन्न अस्पतालको स्तरोन्नति र आयुर्वेद चिकित्साको विकासका लागि भारतीय सरकारको सहयोगको प्रस्ताव गरिएको थियो ।

उहाँले विशेषत भारतका स्वास्थ्यमन्त्री डा मण्डावीयाको नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रको संरचना एवं सेवा विस्तार र नारायणी अस्पतालमा विशेषज्ञ सेवाका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापकले अध्यापन र विशेषज्ञ सेवामा सहयोग पुर्‍याउने विषयमा वार्तामा छलफल भएको थियो ।

वार्तामा टेलिमेडिसिनसम्बन्धी सम्झौता नवीकरण, औषधिको दर्ता र आयात निर्यात सम्बन्धमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । भारतले आयुर्वेद चिकित्साको क्षेत्रको विकासका लागि गरेको प्रयासको प्रशंसा गर्दै उहाँले नेपालमा यसको विकास गर्नेबारे छलफल भएको जनाउनुभयो ।

भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै क्षयरोग उन्मूलनमा नेपालको प्रतिबद्वता जनाउनुभएको थियो । उहाँले विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीसँग दुई पक्षीय अनुभव आदानप्रदान जानकारी दिनुभयो । मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री डा शाह अब्दुल्लाह माहिरसँग नेपालमा चिकित्सा र नर्सिङ अध्ययनका लागि सम्झौतापत्र नवीकरण गर्नेबारे छलफल भएको मन्त्री बस्नेतले बताउनुभयो ।

उहाँले भ्रमणका क्रममा भारतको गुजरातका रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन तथा भ्रमण गर्नुभएको थियो । बस्नेतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्र, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, उहाँका सल्लाहकार विश्वरुप खड्का र मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य सल्लाहकार डा शम्भु आचार्य सहभागी हुनुहुन्थ्यो । रासस

सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.