• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • १ घण्टा 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • २ घण्टा 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • २ घण्टा 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • २ घण्टा 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ७ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ८ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ९ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १ दिन 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

  •  सोमबार, चैत १२, २०८० मा प्रकाशित

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाकाे शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले सेवा प्राप्त गरेका थिए ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिनुभयो ।

उहाँले सङ्घले आँखाकाे उपचारसँगै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । सङ्घले विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ ।

दृष्टिविहीनलाई निःशुल्क ज्योति

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले वर्षेनी हजारौँ दृष्टिविहीनलाई निः शुुल्क ज्योति प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार सरदरमा सङ्घले वार्षिक २० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया निःशुल्क गर्दै आइरहेको छ । सङ्घले सङ्घीय सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय तथा विकास साझेदारसँगको सहकार्य तथा सङ्घद्वारा सञ्चालित अस्पतालले आफ्नै स्रोतमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको हो ।

उहाँले भन्नुभयो, “सङ्घले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा पाइरहेका छन् ।”

आर्थिक अभाव र जानकारीको अभावमा वर्षौदेखि दृष्टिविहीन जीवन बिताइरहेका उनीहरुलाई नेत्रज्योतिको यो कार्यक्रमले नयाँ जीवन नै प्रदान गरेको बताइएको छ । उहाँले सङ्घले मोतिविन्दुका बिरामीको शल्यक्रियाका लागि उच्चतम प्रविधि भित्रायायको छ यसले गर्दा सल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्किन सक्ने जानकारी दिनुभयो ।

सबै नागरिकलाई समतामूलक तथा बृहत आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दुका अलावा दृष्टिदोष, बालदृष्टि विहिनता, जलबिन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुर्नस्थापकिय सेवासम्बन्धी राष्ट्रिय सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

सङ्घले हाल देशभरिमा २८ आँखा अस्पताल स्थापना गरिसकेको छ । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घद्वारा सञ्चालित २७ आँखा अस्पतालले अहिले दशैभरि जनताको घरदैलोमा सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेकोे बताउनुभयो ।

उहाँका अनुसार सङ्घले आँखा अस्पतालको अलावा एक सय ५६ आँखा उपचार केन्द्रहरुको स्थापना गरेको छ । जहाँबाट प्राथमिक तहको आँखा उपचार सेवा प्रवाह हुन्छ । उहाँका अनुसार मानिसमा देखिने आँखासम्बन्धी करिब ८० प्रतिशत समस्याको समाधान आँखा उपचार केन्द्रबाट नै हुने गर्दछ । सङ्घको अहिले सात वटै प्रदेश र ४३ जिल्लामा जिल्ला शाखाको स्थापना भइसकेको छ ।

सङ्घमा आबद्ध करिब १० हजार स्वयं सेवकको अथक प्रयास र मिहिनतबाट सङ्घले उपलब्धि हासिल गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभाव र भौगोलिक विकटताका कारण कोही पनि मानिस आँखा उपचारबाट वञ्चित नहुन् भनेर सङ्घले विभिन्न समयमा देशका विकट क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।”

सन् १९८१ म गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशत रहेको देखाएको थियो । यसको ठीक ३० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले नेपालमा अन्धोपनको स्थिति घटेर ०.२८ प्रतिशतमा झरेको थियो । नेपालको अन्धोपन न्यूनीकरण कार्यमा प्राप्त यो सफलतामा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

आँखा उपचार र दृष्टिविहीनता न्यूनीकरणमा कोशेढुङ्गाा बन्न सफल सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म नियमित आँखा उपचार सेवालाई विस्तार गर्ने लक्ष्य लिएको कार्यकारी निर्देशक डा मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको विज्ञान र प्रविधिको आधुनिक युगमा कोही पनि आँखा उपचार सेवाको पहुँच टाढा नहोस् भन्ने हेतुले अहिले सङ्घले आफ्ना योजना एवं कार्यक्रम अगाडि बढाएको छ । सङ्घले हालै मात्र आफ्नो पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । उक्त योजनाले नेपालमा बढीभन्दा बढी मानिसलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारका लागि पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।” नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलको सक्रियतामा विसं २०३५ चैत १३ गते सङ्घको स्थापना भएको थियो । रासस

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.