• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ४ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ५ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ५ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • २२ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • २३ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • २३ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • २३ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • २३ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ६. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री

  •  आइतबार, चैत २५, २०८० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ ।

आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ ।”

यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान निर्देशन दिनुभयो । उहाँले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमकोे मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो ।

बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो ।

लोककल्याणकारी राजयको अवधारणा अनुरुप नागरिकको स्वास्थ्यप्रति प्रतिबद्ध रही ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम राज्यको प्राथमिकता प्राप्त सहभागितामूलक कार्यक्रम हो । कार्यक्रमको दायरा बिस्तार गरी यसलाई सार्थक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बुढानिलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । आजदेखि सो कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा शुरु भएको छ ।

कार्यक्रममा स्वाथ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले बीमाको दायरालाई थप बिस्तार गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा शिवराज अधिकारीले बीमा कार्यक्रमको महत्व, यसको आवश्यकता र सुधारका विभिन्न पाटा पक्षबारेमा चर्चा गर्नुहुँदै कार्यक्रमलाई थप सरल बनाउनका लागि पहल गरिने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमा उत्पादित औषधिलाई थप व्यवस्थित बनाएर बीमा कार्यक्रमलाई परिस्कृत र व्यवहारिक बनाउँदै लगिने बताउनुभयो । रासस

आइतबार, चैत २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

ताजा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.