• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • ३६ मिनेट 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • ४७ मिनेट 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • ५७ मिनेट 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ४ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ६ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ७ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २३ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २४ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

प्रविधिले खाद्य सुरक्षाका लागि उदीयमान अर्थतन्त्रमा कृषिलाई आकार दिन सक्छ : विश्व आर्थिक मञ्च

  •  सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित

रियाद ।विश्व आर्थिक मञ्चले जारी गरेको एक प्रतिवेदनले विश्वव्यापी कृषि प्रणालीलाई आकार दिने र खाद्य सुरक्षामा योगदान पु¥याउने उदीयमान प्राविधिक समाधान र रणनीतिलाई प्रकाश गरेको छ ।

‘एग्रिटेक : सेपिङ एग्रिकल्चर इन इमर्जिङ इकोनमिज, टुडे एन्ड टमुरो’ नामक प्रतिवेदनले कृषि क्षेत्रमा चौथो औद्योगिक क्रान्ति प्रविधिको एकीकरणमा अन्तरदृष्टि प्रदान गरेको छ । प्रतिवेदनमा प्रविधि परिवर्तन समावेशी होस् भन्ने उद्देश्यले ठूलो मात्रामा समाधान गर्न र सुनिश्चित गर्नसमेत आह्वान गरिएको छ ।

“एग्रिटेकलाई मापन गर्न उदीयमान अर्थतन्त्रहरूले एग्रिटेक इकोसिस्टमका लागि सबै सरोकारद्वारा साझा गरिएको आम दृष्टिकोण बनाउन आवश्यक छ”, मञ्चको नेटवर्क तथा साझेदारी प्रमुख सेबास्टियन बकअपले भन्नुभयो, “इकोसिस्टमको विकास भएपछि उद्योगका लागि माग र आपूर्ति पक्षमा रहेको खाडललाई सम्बोधन गर्न महत्त्वपूर्ण हुन्छ, जस्तो कि किसानहरूका लागि एकाइ अर्थशास्त्र वा भौतिक तथा डिजिटल च्यानलहरूको मिश्रणमार्फत विश्वास सिर्जना गरिन्छ ।”

संवर्धित वास्तविकता, मौसम पूर्वानुमानका लागि कृत्रिम बौद्धिकता (एआई), ट्रेसेबिलिटी, स्मार्ट लजिस्टिक समाधान र इन्टरनेट अफ थिङ्स आशाजनक समाधानहरू भएको प्रतिवेदनमा उल्लेख छ । यिनीहरूले सूचना अन्तर कम गर्न र किसानहरूलाई चुनौतीहरू व्यवस्थापन गर्न अझ राम्रोसँग लैजान सक्ने प्रतिवेदनमा भनिएको छ ।

यी प्रविधिहरूलाई सन् २०५० सम्ममा नौ अर्ब १० करोड मानिसका लागि थप ७० प्रतिशत खाद्यान्न उब्जाउन र कृषि क्षेत्रलाई रूपान्तरण गर्न महत्त्वपूर्ण मानिएको छ ।

जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक प्रकोपको बढ्दो आवृत्ति र माटोको क्षयजस्ता चुनौतीहरूले विश्वव्यापी रूपमा खाद्यान्न उत्पादनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिवेदनले औँल्याएको छ । यी चुनौतीहरूलाई सम्बोधन गर्न कृषि क्षेत्रका प्रत्येक सरोकारवालाहरू सूचित निर्णय प्रक्रियालाई सहज बनाउन थप जानकार बन्न आवश्यक छ ।

“कृषि क्षेत्रमा उदीयमान अर्थतन्त्रहरूले साझा अवरोधको सामना गरिरहेका छन् । एग्रिटेकमा कृषिसँग किसानलाई जलवायु परिवर्तनलाई राम्रोसँग मार्गनिर्देशित गर्न र पानी, माटो जस्ता बहुमूल्य प्राकृतिक स्रोतमा दबाब कम गर्न सशक्त बनाउन परिवर्तनकारी क्षमताहरू रहेका छन्”, पीडब्लुसी भारतका अध्यक्ष सञ्जीव कृष्णनले भन्नुभयो, “यी कदम सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन निहित छन् तर मापनयोग्य मात्र नभई प्रत्येक देशको अद्वितीय सन्दर्भमा पनि अनुकूल छन् ।” रासस

सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.