• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • ३७ मिनेट 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • ४९ मिनेट 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • ५९ मिनेट 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ४ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ६ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ७ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २३ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २४ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

भक्तपुर अस्पतालको सेवा नयाँ भवनबाट

  •  मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित

भक्तपुर । भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरिएको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा आएको छ । त्यसमाथि शल्यक्रियासहितको अत्याधुनिक प्रसूति वार्ड, १७ शय्याको भेन्टिलेटरसहितको आइसियू, (सघन उपचार कक्ष), तीन मोडुलर शल्यक्रिया कक्ष (ओटी)लगायतका सेवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

दैनिक आठ सयभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको अस्पतालले भवन अभावका कारण प्रशासन र ओपिडी सेवा भने पुरानै भवनबाट सञ्चालन गरिरहेको छ । अस्पतालका निर्देशक डा गौतमले भन्नुभयो, “नयाँ भवन सञ्चालनमा ल्याएको छौँ, भवन अभाव कायमै छ, भवन अभाव हुँदा २०७२ को भूकम्पमा नयाँ निर्माण गर्नुपर्छ भनेर प्राविधिकले भनेको पुरानै भवनमा अहिले पनि प्रशासन, मेडिकल वार्ड र ओपिडी सेवा सञ्चालन गरिरहेका छौँ, यो भवन पनि तत्काल निर्माण गर्नु आवश्यक छ ।”

ठेकेदारको लापरबाहीले गर्दा विदेशी दाताले बनाइदिने भनेर बजेट विनियोजन गरिसकेको पुरानो भवन निर्माण अन्योलमा परेको छ । अस्पतालको नयाँ भवन निर्माण र पुरानो भवन पुनः निर्माणका लागि भन्दै बेलायत सरकारको करिब रु ३४ करोड सहयोगमा १५ अक्टुबर २०२२ सम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने गरी भवन विभागले ठेक्का लगाएको नयाँ भवन निर्माण करिब दुई वर्ष ढिलाइ गर्दा पुरानो भवन पुनःनिर्माण अन्योलमा परेको छ ।

करिब रु २० करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्न भए पनि बाँकी बजेट पुरानो भवन पुनःनिर्माणका लागि भनिए पनि नयाँ भवन निर्माणमा ठेकेदारले ढिलाइ गर्दा पुरानो भवन पुन निर्माण हुनेमा अनिश्चितता छाएको छ ।

भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तर वृद्धि गर्दै तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गरेर नयाँ भवनमा सेवा विस्तार गरेको निर्देशक डा गौतमले जानकारी दिनुभयो ।

अस्पतालको थप स्तर वृद्धि गर्दै शय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा रु आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकिएको छ । अस्पतालले रेक्टोफिटिङ गरेको भवनमा भने २५ शय्याको एसडियुसहितको बच्चाको वार्ड, एनआईसियू, प्रसूति वार्ड र शल्यक्रिया गरेका बिरामीको ‘पोष्ट अफ’ सञ्चालनमा ल्याएको छ ।

रिफर सेन्टरका रूपमा परिणत हुँदै बिरामीको चाप आधा घटिसकेको यस अस्पतालमा डा गौतम निर्देशक भएर आएलगत्तै सेवा विस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक आठ सय बिरामीको चाप पुगेको छ । पन्ध्र शय्याबाट सेवा सुरु भई ७५ शय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारी कालमा तत्कालीन मेसु डा गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शय्याको आइसीयूसहित एक सय ८६ शय्यामा सेवा सञ्चालन गरी महामारीमा बिरामीको सेवा गरेको थियो ।

अस्पतालले अब भक्तपुरका बिरामीलाई यहीँबाट मुटु रोग र नशा रोगसम्बन्धी उपचारसहितको सेवा दिन न्यूरो तथा मुटु रोगको उपचार सेवा विस्तार गर्ने तयारी गरेको छ । यसै आर्थिक वर्षभित्र प्रदेश सरकारको सहयोगमा पाँच शय्याको डायलोसिस सेवासमेत अस्पतालले सुरु गर्न लागिएको निर्देशक डा गौतमले जानकारी दिनुभयो ।

हाल पनि मुटु र न्यूरो सेवाका लागि अस्पतालले पेइङ क्लिनिक भने सञ्चालन भइरहेको छ । आफ्नै नाममा १८ रोपनी चार आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाइटी, साझा औषधि पसल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा भक्तपुर क्यान्सर अस्पतालले यहाँको जमिन उपभोग गरिदिँदा भक्तपुर अस्पताल साँघुरोमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले जानकारी दिनुभयो । रासस

मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.