• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ३ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ५ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ५ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २२ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २२ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २३ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • २४ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • १ दिन 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  •  मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

गेबोरोन । बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र रोगहरू व्यवस्थापन गर्न कीटनाशकहरूको व्यापक प्रयोगले इकोसिस्टम स्वास्थ्यका लागि आवश्यक प्रजातिहरूलाई हानि पुरÞ्याउन सक्ने चिन्ता व्यक्त गरेको छ ।

सोमबार बोत्स्वानाको राजधानी गाबोरोनमा अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसको उपलक्ष्यमा एफएओका सहायक प्रतिनिधि लेसेडी मोडो–मोपेल्वाले कीरा, झार र अन्य कीराका कारणले हरेक वर्ष ४० प्रतिशतसम्म खाद्य बाली नष्ट हुने बताउनुभयो ।

“यसले अर्थतन्त्रलाई मात्र असर गर्दैन, तर देशको खाद्य र पोषण सुरक्षालाई पनि गम्भीररूपमा असर गर्छ । विशेषगरी धेरैजसो कृषिमा निर्भर ग्रामीण समुदायका कमजोर समूहहरूका लागि असर गर्छ ”, उहाँले भन्नुभयो ।

मोडो–मेपोल्वाका अनुसार जलवायु परिवर्तन र मानव गतिविधिहरूले पनि बोटबिरुवाको स्वास्थ्यलाई हानि पु¥याइरहेको छ र कीरा र रोगहरूका लागि अनुकूल घर बनाइरहेको छ । यसले उनीहरूलाई पहिले नदेखिएका क्षेत्रहरूमा उत्पन्न गराइरहेको छ ।

उहाँले कीटनाशकको प्रयोगले रोगको फैलावट, जोखिममा पर्न सक्ने परागकण, प्राकृतिक कीट शत्रु र स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि आवश्यक जीवहरूको प्रतिक्रियामा वृद्धि हुन सक्ने बताउनुभयो ।

“त्यसैले फाइटोसेनेटरी उपायका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू जस्ता विश्वव्यापी सहयोग र अन्तर्राष्ट्रिय मापदण्डहरू प्रवर्द्धन गरेर सिमाना पारी बिरुवाको स्वास्थ्यको रक्षा गर्नु महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

बोत्सवाना अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धि (आइपिपिसी) सँग सम्बद्ध छ । यसले विश्वको बोटबिरुवा, कृषि उत्पादनहरू र प्राकृतिक स्रोतहरूलाई बिरुवाको कीटहरू विरुद्ध सुरक्षित गर्न खोज्छ ।

आइपिपिसीले अफ्रिका फाइटोसेनेटरी प्रोग्राम (एपिपि) सिर्जना गरेको छ । यो महादेशको पहिलो फाइटोसेनेटरी कार्यक्रम हो । यसले सबै ५४ अफ्रिकी देशलाई बिरुवाको कीटहरूबाट बच्न र नियन्त्रण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ ।

एपिपी, एफएओ र अफ्रिकी सङ्घको सहयोगमा लागू गरिएको आइपिपिसी को पाँच वर्षको पहलको उद्देश्य अफ्रिकी राष्ट्रिय वनस्पति संरक्षण सङ्गठन (एनपिपिओ) लाई प्रभावकारीरूपमा निगरानी गर्ने, कुशलतापूर्वक र चाँडै पत्ता लगाउने र अन्ततः र बिरुवाको कीटहरूबाट पुनः प्राप्ति गर्न सशक्त बनाउने रहेको छ । एपिपीको पाइलट चरणमा ११ अफ्रिकी मुलुक सामेल छन् ।

संयुक्त राष्ट्रसङ्घले मे १२ लाई अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसका रूपमा तोकेको छ । यो आइपिपिसी सचिवालय र एफएओद्वारा आयोजित दिवस हो । यस वर्षको स्मृति दिवस ‘बिरुवा स्वास्थ्य, सुरक्षित व्यापार र डिजिटल प्रविधि’ भन्ने नाराका साथ मनाइएको थियो । रासस

मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.