• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ३ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ४ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ५ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २२ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २२ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २२ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • २३ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • १ दिन 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

हत्या प्रयासपछि स्लोभाकका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’

  •  बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित

बान्स्का बिस्ट्रिका (स्लोभाकिया) ।स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको उहाँका उपप्रमुखले बिहीबार बताउनुभएको छ । अधिकारीहरूले फिकोको जीवन बचाउने प्रयास गरेको एक दिनपछि शान्त रहन र युरोपेली सङ्घ (इयु) को निर्वाचन अभियान निलम्बन गर्न आग्रह गरेका छन् ।

सरकारले ‘राजनीतिक हमला’ नाम दिएको गोलीबारीले युरोपेली संसद् निर्वाचनको केही साताअघि बढ्दो ध्रुवीकरण वा त्योभन्दा धेरै हिंसाको आशङ्का उत्पन्न गरेको छ । स्लोभाकियाको राजनीति वर्षौंदेखि युरोप समर्थक र राष्ट्रवादी झुकाव खेमाबीच विभाजित छ । पछिल्लो निर्वाचन गलत सूचना, आपसी आरोप र सामजिक सञ्जालमा आक्रमणबाट प्रभावित भएको छ ।

स्लोभाकियाका नवनिर्वाचित राष्ट्रपति पिटर पेलेग्रिनीले पत्रकारहरूसँग भन्नुभयो, “म स्लोभाकियाका सबै राजनीतिक दललाई उनीहरूको युरोपेली निर्वाचन अभियानलाई अस्थायीरूपमा निलम्बन गर्न वा अत्यन्त कम गर्न आह्वान गर्दछु ।”जुनमा पदभार ग्रहण गर्नुहुने फिकोका सहयोगी पेलेग्रिनीले स्लोभाकियाका निवर्तमान राष्ट्रपति जुजाना क्यापुटोभासँग एक संयुक्त वक्तव्यमा ‘थप टकराव’ बाट बच्नुपर्ने बताउनुभयो ।

दुवै राजनीतिज्ञले प्रतिद्वन्द्वी राजनीतिक खेमाको प्रतिनिधित्व गर्नुहुन्छ तर क्यापुटोभाले ‘घृणाको दुष्चक्र’ अन्त्य गर्न आग्रह गर्दै ‘यो तनावपूर्ण अवस्थामा समझदारीको सङ्केत पठाउन चाहेको’ बताउनुभयो ।
गोली लागेपछि ५९ वर्षीय प्रधानमन्त्री फिकोलाई बचाउन सङ्घर्ष गर्दै सर्जनहरूले अपरेसन थिएटरमा धेरै घन्टा बिताएका छन् । बैठकपछि जनताका सदस्यहरूसँग कुराकानी गरिरहँदा उहाँमाथि गोली प्रहार भएको थियो । चिकित्सकहरूले फिकोको अवस्था स्थिर बनाएको भन्दै उपप्रधानमन्त्री रोबर्ट कलिनकले भन्नुभयो, “तर दुर्भाग्यवश चोटहरू जटिल भएकाले उहाँको अवस्था अहिले पनि अत्यन्त गम्भीर छ ।” रासस

बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.