• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ३७ मिनेट 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • १ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १८ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १८ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १९ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • २० घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २२ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

अफ्रिकी किशोरीलाई गर्भावस्थापछि शिक्षामा पहुँचका लागि राष्ट्रसङ्घको आह्वान

  •  बिहिबार, असार २१, २०८१ मा प्रकाशित

नैरोबी, केन्या । संयुक्त राष्ट्रसङ्घका दुई एजेन्सीहरूले बुधबार पूर्वी र दक्षिणी अफ्रिकी देशहरूलाई गर्भवती बालिकाको शिक्षाको अधिकारको रक्षा गर्न कानूनी तथा नीतिगत योजना बनाउन र लागु गर्न आह्वान गरेका छन् ।

पूर्वी र दक्षिणी अफ्रिकामा युनिसेफका क्षेत्रीय निर्देशक एटलेभा कादिली र पूर्वी अफ्रिकामा युनेस्कोका क्षेत्रीय निर्देशक अलेक्ज्यान्ड्रोस मकारिगाकिसले आधा अफ्रिकी देशले मात्र गर्भवती बिशोरीले विद्यालय शिक्षा पूरा गर्न सुनिश्चित गर्न उपायहरू अपनाएको कुरा दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

किशोरी आमालाई उनीहरूको शिक्षा र स्वास्थ्यको अधिकारको रक्षार्थ कानुन कार्यान्वयन गर्ने सहयोगी सरकार चाहिने राष्ट्रसङ्घका अधिकारीले केन्याको राजधानी नैरोबीमा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अधिकारीले यसका लागि शिक्षा सबैभन्दा सुरक्षात्मक र शक्तिशाली उपकरणमध्ये एक भएको उल्लेख गर्दै किशोरीले स्वस्थ र सहज जीवन यापनका लागि प्रयोग गर्न सक्ने जनाएका छन् ।

उनीहरूले किशोरीको विद्यालय छोड्ने अवस्थाको श्रेय असुरक्षित विद्यालय वातावरणलाई दिँदै भेदभाव तथा कलङ्ककोे मानसिकताले उनीहरूलाई आफ्नो गर्भावस्था लुकाउन बाध्य पार्ने जनाएका छन् ।

यसबाहेक, राष्ट्रसङ्घीय निकायहरूले गर्भावस्थाका कारण विद्यालय छोड्ने छात्रामध्ये पाँच प्रतिशत भन्दा कम मात्र पुनः विद्यालय फर्किने उल्लेख गर्दै यसको अर्थ प्रारम्भिक गर्भावस्थाले उनीहरूको शिक्षालाई अन्त्य गर्ने जनाएका छन् ।

उनीहरूले अनुकूल कानून र नीति, गलत विद्यालय संस्कृति, हानिकारक मान्यता र असमर्थ परिवार वा कम आय र बाल हेरचाहको बोझजस्ता अधिक व्यावहारिक कारणले किशोरी आमालाई प्रायः बच्चा जन्माएपछि विद्यालय छोड्न बाध्य पारिने जनाएका छन् ।

उनीहरूले उप–सहारा अफ्रिकामा ६० लाखभन्दा बढी गर्भवती र आमा बनिसकेका किशोरीहरू विद्यालयको पहँुचबाहिर रहेको उल्लेख गरेका छन् ।

यद्यपि राष्ट्रसङ्घीय निकायले यस्तो अवस्था दुर्भाग्यपूर्ण भएको जनाउँदै विद्यालय छोड्ने केटीहरूले जोखिमपूर्ण यौन व्यवहारमा संलग्न हुने, एचआईभीलगायतका यौन जन्य सङ्क्रमणबाट ग्रसित हुने तथा चाडै फेरि गर्भवती हुने सम्भावना बढाउँने बताएका छन् ।

माध्यमिक शिक्षा पूरा गर्ने शिक्षित किशोरीहरूमा तुलनात्मक रूपमा बढी स्वस्थ हुने, बढी कमाउने, ढिलो विवाह गर्ने, कम सन्तान जन्माउने र अर्को पुस्ताका लागि राम्रो स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने प्रवृत्ति रहेको उनीहरूले खुलासा गरे । । रासस

बिहिबार, असार २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.