• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ४३ मिनेट 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १७ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १८ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १८ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १९ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २१ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लागूऔषधसहित पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’

  •  सोमबार, असार ३२, २०८१ मा प्रकाशित

काठमाडौँ । कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न २३ स्वास्थ्य सेवासँग सम्बन्धित संस्थालाई प्रेषण (रिफरल) अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिएको हो ।

कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले भन्नुभयो, “विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई विभिन्न २३ सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवालाई चुुस्त बनाइएको छ । यसबाट कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।”

उहाँका अनुसार पहिलो प्रेषण गर्ने अस्पतालमा वीर अस्पताल, नेपाल आँखा अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, मानसिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल केन्द्रीय रक्तसञ्चार सेवा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, राष्ट्रिय मिर्गाैला उपचार केन्द्र र आयुर्वेद चिकित्सालय रहेका छन् ।

ती अस्पतालमा श्यया (बेड) खाली नभएमा अथवा थप विशिष्टकृत सेवा उपलब्ध नभएमा अस्पतालले दोस्रो चरणमा प्रेषण गर्नुपरेमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेसनल रेफरेन्स ल्याबोरेटरी, आनन्दवन अस्पताल, बिपी कोइराला लाइन्स आँखा उपचार केन्द्रलाई तोकिएको छ । ती अस्पतालबाट पनि प्रेषण गर्नुपरेमा अन्तिममा बिपी स्मृति अस्पताल, सुमेरु अस्पताल, स्पाइनल इन्ज्युरी रिहेविलिटेसन सेन्टर र अर्थाेपेडिक अस्पताललाई तय गरिएको छ ।

यसैबीच केन्द्रीय कारागार अस्पतालले आफूसँग सम्झौता गरेका स्वास्थ्य संस्थाका प्रतिनिधिसँग कैदीबन्दीको उपचार सेवालाई अझ थप कसरी व्यवस्थित र चुस्त बनाउन सकिन्छ भनेर अन्तक्र्रिया गरेको छ । सो अवसरमा केन्द्रीय कारागार अस्पतालका प्रमुख बुढाथोकीले कैदीबन्दीको उपचारका क्रममा समस्या आएमा तत्काल जानकारी दिन आग्रह गर्दै आगामी दिनमा यस्ता उपचार सेवालाई थप सुदृढ बनाइने जानकारी दिनुभयो ।

सो अवसरमा सहभागीले कैदीबन्दीको उपचारका क्रममा आइपरेका विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । देशका ७२ जिल्लामा ७५ कारागार र दुई सय सुधारगृह रहेका छन् । यस्ता स्थानमा २९ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तासमेत रहनुभएका डा बुढाथोकीका अनुसार अधिकांश कैदीबन्दीमा रक्तचाप, मधुमेह, कोलस्टोर, मानसिक समस्या, हाडजोर्नी, नाक, कान घाँटीका समस्या रहेका छन् । कैदीबन्दीमध्ये १० जना क्यान्सर र नौजना मिर्गाैलाका बिरामी रहेका छन् । ती मिर्गाैलाका बिरामीले डायलासिल सेवा लिइरहेका छन् । रासस

सोमबार, असार ३२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.