• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • १६ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १७ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १७ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १७ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १७ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १८ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • २० घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • २२ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

‘कलेजो क्यान्सरको प्रमुख कारण हेपाटाइटिस भाइरस’

  •  आइतबार, साउन १३, २०८१ मा प्रकाशित

काठमाडौँ । विश्व हेपाटाइटिस दिवस । कलेजोको क्यान्सरको प्रमुख कारक रहेको हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बारे सचेत नहुँदा धेरै जनाले ज्यान गुमाइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२२ सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बाट ३० करोड ४० लाख मानिस सङ्क्रमित छन् । डब्लुएचओका अनुसार मुख्यतः पाँच प्रकारका हेपाटाइटिसका भाइरस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ मध्ये ‘बी’ र ‘सी’लाई बढी सङ्क्रामक मानिन्छ । यी दुई भाइरसका कारण विश्वभर औसतमा वार्षिक १३ लाखको मृत्यु र २२ लाख व्यक्तिमा नयाँ सङ्क्रमण देखिने गर्दछ ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा अनन्त श्रेष्ठका अनुसार हेपा भनेको कलेजो हो र टाइटिस भनेको सुन्निनु हो । केही कारणले गर्दा कलेजो सुन्निने वा त्यसमा क्षति पुग्यो भने हेपाटाइटिस हुन्छ । यसका भाइरस थुप्रै भए पनि हेपाटाइटिस बी र सी दुवैले दीर्घकालीन सङ्क्रमण गराउँछ । शरीरमा छिरेपछि रहिरहन्छ र बिस्तारै कलेजोमा क्षति गराउँछ । सुरुमा कलेजो सुन्निन्छ र १० देखि २५ वर्षपछि कलेजो सुन्निएपछि सिरोसिस हुन्छ । त्यसपछि कलेजोे कडा हुन्छ । यी भाइरसले कलेजोको क्यान्सर पनि गराउनसक्छ ।”

उहाँका अनुसार सुरुआती अवस्थामा कुनै लक्षण नदेखिने भएकाले ९० प्रतिशत बिरामीहरु सुरमा अनभिज्ञ हुन्छन् । डा श्रेष्ठ भन्नुहुन्छ, “हेपाटाइटिस बी लाग्नेबित्तिकै लक्षणहरु खासै देखिँदैन । मौन रुपमा नै असर गरिरहेको हुन्छ । ९० प्रतिशत जति कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिन्छ । १० जनामध्ये नौ जनालाई हेपाटाइटिस बी भाइरस भएको थाहा हुँदैन र परीक्षण गरेका हुँदैनन् ।”

लागुपदार्थ सेवनकर्ता, असुरक्षित सुइको प्रयोग गर्ने, हेमोडायलाइसिस गराइराख्ने, पटक–पटक रगत लिइराख्नुपर्ने रोगका व्यक्तिले हपाटाइटिस सीकोे परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “रगत परीक्षण, परामर्श र समयमा उपचार गरिएमा कलेजोको क्यान्सर र कलेजो फेल हुनबाट बच्न सकिन्छ । ‘बी’लाई नियन्त्रणमा राख्न सकिन्छ किनकी खोप सुविधा छ । तर ‘सी’ लाग्नै नदिन भन्ने त्यस्तो छैन । सीलाई ९९ प्रतिशतसम्म निको पार्न सकिन्छ । ‘बी’ भाइरस सङ्क्रमण भइसकेपछि पूर्ण रुपमा निको पार्न सकिँदैन तर सक्रिय भाइरसलाई निष्क्रिय बनाउने उपचार छन् ।”

पेट तथा कलेजो रोग विशेषज्ञ डा अनिशा तिवारीले हेपाटाइटिस भाइरस ‘ए’ र ‘ई’ भाइरस सङ्क्रमित खाना र पानीका कारणले हुने गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’ रगत लिँदा तथा यौनसम्पर्कबाट सर्नसक्ने हुन्छन् । यी दुई भाइरस शरीरमा बसिराख्ने भएकाले दीर्घकालीन रुपमा समस्या रहिरहन सक्छ ।”

उहाँका अनुसार रगत र अल्ट्रासाउण्डबाट हेपाटाइटिसको परीक्षण हुन्छ । “हेपाटाइटिस ‘ए’ र ‘ई’ छिटो निको हुने हुन्छ । ‘बी’को खोप उपलब्ध छ तर ‘सी’को भने हालसम्म खोप उपलब्ध छैन । सङ्क्रमण भए पनि डराउनुपर्ने अवस्था छैन । भाइरस निष्क्रिय पार्ने औषधिको सेवनले भाइरसलाई नियन्त्रणमा राख्छ र कलेजो फेल हुनबाट बचाउँछ ।”

कलेजोमा समस्या आए पेट दुख्ने, बान्ता आउने, वाकवाकी हुने, जन्डिस हुने र कालान्तरमा लिभर सिरोसिस गराउनसक्ने उहाँको भनाइ छ । रासस

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.