मुटुरोग वा ह्दयघात भनेको त हामीले सुनिराखेकै हो । तर मुटुबाथ रोग भनेको धेरै मानिसको लागि नयांँ शब्द हुन सक्छ । पछिल्लो समय मुटुबाथ रोग पनि चिकित्सा विज्ञानमा चुनौतिको बिषय बन्दै गईरहेको छ । जति जति चिकित्सा क्षेत्रमा प्रविधिको विकास हुंँदै गएको छ त्यति त्यतिनै रोगको पहिचान पनि हुंँदै गएको छ । हिजोका दिनहरुमा मानिसलाई के रोग लाग्यो र के रोग लागेर मृत्यु भयो भन्ने थाहा पनि हुन्थेन । तर दक्ष स्वास्थ्यकर्मी, प्रविधिको विकास संँगै रोगको पहिचान र उपचार पनि संभव भएको छ । मानिसमा हुने रोगमध्ये सबैभन्दा बढी प्रभावित मुटुरोगबाट छन । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। त्यसमध्येपनि मुटुबाथरोग पनि पछिल्लो समय गम्भिर समस्याको रुपमा देखा पर्दै आएको छ । मुटुबाथरोग बिशेषगरी बालबालिका , किशोर अवस्था तथा दुर्गम तथा ग्रामीण क्षेत्रका मानिसलाई बढी देखा परेको चिकित्सकहरुको भनाई छ । मुटुबाथ रोग के हो ? मुटुबाथरोग के कारणले हुन्छ ? मुटुबाथ रोगको रोकथाम र न्युनिकरणका बिषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग बिषेशज्ञ डा. प्रकाशराज रेग्मीसंँग कुराकानी गरेका छौं । थप जानकारीको लागि तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
