• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, साउन १७, २०८३
आइतबार, साउन १७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
  • ८ घण्टा 

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
  • १३ घण्टा 

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • २ दिन 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • २ दिन 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • २ दिन 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • २ दिन 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ३ दिन 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ३ दिन 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ८. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ९. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • १०. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

सहज रूपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

  •  सोमबार, साउन २१, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रुपमा मानव अङ्ग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मिर्गौला प्रत्यारोपण गर्न नपाएको कारण कीर्तिपुरका प्रमुखको निधन भएको र उपचारको अभावमा सङ्गीतकार गुरुदेव कामदको निधन हुनुभन्दा विडम्बनापूर्ण रहेको बताउनुभयो ।

उहाँले रोग लाग्नुभन्दा पहिले नै निदानको प्रबन्ध गर्न र हरेक विद्यालयमा योग शिक्षकको व्यवस्था गर्न गर्नुपर्ने बताउनुभयो । सांसद भण्डारीले शिक्षा प्रणालीमा देखिएको समस्या समाधान गर्न र आगामी दिनमा उत्पन्न हुनै नदिने प्रबन्ध गर्नैपर्ने उल्लेख गर्नुभयो ।

नदी किनार, पहिरो जाने स्थानमा लामो समयदेखि बस्दै आएका सुकुम्बासीलाई राजनीतिक पार्टीको रसिद थमाइएको तर उनीहरुको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उहाँले वास्तविक सुकुम्बासी पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व भएको खण्डमा मुलुक बन्ने स्पष्ट पार्नुभयो ।

सांसद अच्युतप्रसाद मैनालीले संविधानमा उल्लेख गरिएको मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सबैको ध्यानाकर्षण गराउनुभयो । सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा मौलाएको अनियमितता पारदर्शी तवरले छानबिन गरेको उल्लेख गर्नुभयो । उहाँले रेडक्रसमा रगत सङ्कलन र भण्डारणमा समेत अनियमितता रहेको पाइएको भनेर छानबिन समितिले औँल्याएको बताउनुभयो । रेडक्रसका पदाधिकारी आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको, रक्तसञ्चार भवन निर्माणमा भ्रष्टाचार भएको, भक्तपुरको जग्गा खरिदमा पनि उस्तै बेथिती रहेको पाइएको उहाँको भवन छ । मानवीय संस्थामाथि भ्रष्टाचारको प्रश्न उठ्नु आफैँमा दुःखद् रहेको सांसद कार्कीको भनाइ छ ।

सांसद प्रभु साहले बंगलादेशमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बङ्गलादेशका रहेका नेपालीको अवस्थाका बारेमा सरकारलई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामकृष्ण यादवले अघिल्ला सरकारले गरेको गल्ती र कमजोरी वर्तमान सरकारले नदोहो¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट विनियोजनको अभावका कारण धनुषाका विभिन्न विकास निर्माणको काम प्रभावित भएको बताउनुभयो ।

सांसद दयालबहादुर शाहीले वर्तमान सरकार देश बनाउन बनेको उल्लेख गर्दै फाइल लुकाउन नभएको बताउनुभयो । स्वाधीन अर्थतन्त्रको विकासका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उहाँले निष्ठाको राजनीतिका लागि दुई ठूला दल एकआपसमा मिलेको उल्लेख गर्नुभयो ।

सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुमको चौरजहारीमा रहेको नहर मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बैंकमा रहेको पुँजी सहज र सरल रुपमा प्रवाह हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद लालप्रसाद सावा लिम्बूले विभिन्न देशमा रहेका नेपाली भाषीले आफ्नो पहिचानको खोजी गरिरहेको उल्लेख गर्दै नेपाल आउँदा सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले उद्योगी व्यवसायी मजदुर तथा किसान वर्तमान सरकार गठन भएपछि उत्साहित भएको उल्लेख गर्दै शेयर बजारमा देखिएको सकारात्मक परिवर्तन त्यसैको उपज भएको बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समाचारले स्थानीयवासी उत्साहित भएको स्पष्ट पार्नुभयो । रासस

सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.