काठमाडौं । जारी मतगणना सकिएलगत्तै सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप अभियान चलाउने भएको छ । यसअघि नियमित कार्यक्रममा राखेर दिइरहेको बुस्टर डोज खोप मतगणना सकिएपछि अभियानकै रुपमा दिइने खोप शाखाले जनाएको छ ।
नेपालमा हालसम्म ३७ लाख ७३ हजार ४३७ जनाले बुस्टर डोज खोप लगाएका छन् । १२ वर्षमाथिका १ करोड ९७ लाख ५० हजार ५८६ जनाले दुई डोज र १ करोड ८९ लाख ७५ हजार ५५४ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
